२०७९ माघ २६, बिहीबार

समग्र विकासका लागि जनचेतना आवश्यक– वडाध्यक्ष वली

बैशाख १४, २०७६  | ११३६ पटक पढिएको

दुधरास
तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष माधव वलीले समग्र विकासका लागि जनचेतनाको पनि विकास हुन आवश्यक हुने कुरा वताएका छन ।
दाङको दुधरासमा आयोजित विश्वनाथधाम टोल विकास संस्थाले आयोजना गरेको जनचेतनामुलक कार्यक्रममा उक्त कुरा वताएका हुन । कार्यक्रमको प्रमुख अथिति समेत रहेका वलीले ‘हामी विकास भन्ने वित्तिकै वाटो घाटो, विजुली, पानि भन्ने सम्झन्छौं भन्दै– अव जनचेतनाको पनि सकरात्मक सोच राख्न सक्यौं भने त्यो पनि विकास हो भने’ ।

कार्यक्रममा विशिष्ट अथिति सोनापुर सिमेन्ट प्रालीका महा प्रवन्धक हरि पाठकले भने– ‘व्यक्तिगत स्वार्थका कारण विकास हुन नसकेको भन्दै सामाजिक स्वार्थमा लाग्न सुझाव दिएका थिए’ । साथै उनले भने–‘सामाजिक क्षेत्रका लागि सोनापुर सिमेन्ट प्राली सधै अगाडी रहेको भन्दै यस क्षेत्रका लागि सुरक्षाको आवश्यकताको महसुस भए सुरक्षाका लागि आवश्यक जमिन पनि उपलब्ध गराउने उद्घोष गरे ।
कार्यक्रमा विजौरी उद्योग वाणिज्य संघका महासचिब विरेन्द्र खड्काले विकासका लागि कुनै पाटि नभनेर सबै एक जुट हुन सक्यौ भने मात्रै समाजले फाइदा लिन सक्छ भने ।

संस्थाका उपाध्यक्ष सिता वलीको स्वागत मन्तव्यवाट सुरु भएको उक्त कार्यक्रममा सामाजिक अगुवाहरु रामकुमार डाँगी, केशव रिजाल, १८ का वडासदस्य धन वहादुर बस्नेत, विश्वनाथधाम मन्दिरका कोषाध्यक्ष विष्णु खुलाल, दाङ जिल्ला निजामति कर्मचारी संघका अध्यक्ष खिम वहादुर डाँगी, वेलझुण्डी अस्थाई प्रहारी पोष्टका इञ्चार्ज नेत्र नेपाली लगाएतकाले वोलेका थिए । उक्त कार्यक्रममा सरसफाईका लागि फोहर राख्ने ४० थान कन्टेनर सोनापुर सिमेन्ट प्रालीले विश्वनाथ धाम टोल विकास संस्थालाई उपलब्ध गराएको थियो ।
संस्थका सचिव रमेश डाँगीले सहजीकरण गरेको उक्त कार्यक्रमको अध्यक्षमा संस्थाका अध्यक्ष पदम डाँगी रहेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस