२०७९ माघ १३, शुक्रबार

दुर्घटना कम गर्न सुधार कार्यक्रम

बैशाख १४, २०७६  | ९७४ पटक पढिएको

१४ वैशाख, रुपन्देही / सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रदेश नं ५ ट्राफिक प्रहरीले आजदेखि ठाउँको सुधार कार्यक्रम शुरु गरेको छ । बुटवलमा प्रभातफेरीसहित विशेष समारोहको आयोजना गरी कार्यक्रम शुभारम्भ गरिएको हो ।

ट्राफिक चोकमा आयोजित विशेष समारोहमा बोल्दै प्रदेशका आन्तरीक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेशका नागरिकको सुरक्षाका लागि दुर्घटना न्यूनीकरण जरुरी रहेको बताउनुभयो । उहाँले दुर्घटना न्यूनीकरण र सवारी व्यवस्थापनका लागि प्रदेश सरकारले ऐन ल्याउन लागेको बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले ट्राफिक नियमको पूर्णपालना तथा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउनका लागि अभियान महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले ट्राफिक सप्ताह अन्तर्गत ¥यालि, पर्चा पम्प्लेट वितरण, सडक नाटक, आकस्मिक चेकिङ, प्रशिक्षण, प्रत्यक्ष अभ्यास, मेकानिकल परीक्षण, नमूना प्रदर्शन, सडक अवलोकन आदि कार्यक्रम रहेको जानकारी गराउनुभयो ।

सप्ताह अन्तर्गत रुपन्देहीसहित प्रदेश अन्तर्गतका सबै जिल्लामा दुर्घटना न्यूनीकरण गर्न चालक तथा सहचालकलाई सडक सुरक्षा सम्बन्धी प्रशिक्षण तथा विभिन्न सचेतनामूलक कार्यक्रम गरिने ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले बताउनुभयो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस