२०७९ मंसिर १२, सोमवार

सकारात्मक सोँचको अभाव

जेठ ०४, २०७८  | १११७ पटक पढिएको

दाङमा मुसालधारे वर्षा सङै कोरोनाको यो महामारी पनि कम हुँदै जावोस सकारात्मक सोच र उच्चआत्मबलले कोरोनालाइ प्रास्त गर्न सकिन्छ भने पनि सामान्य लक्षण चिन्ह देखिएको मान्छेको कोरोनाको रिपोर्ट पोजेटिभ आको खबर सुन्ना बित्तिकै आत्म कम्जोर भाको मान्छे सकमा जान सक्छ हो उस्को आधा मनोबल घट्दो रहेछ ।

नघटोस पनि कसरी हामी आफ्नो आफन्त साथी भाइ इस्ट्मित्रको कोरोनाको कारणले मृत्यु भयो भनेर फेसबुकको भित्तामा फोटो टासेर हार्दिक श्रद्धाञ्जली लेख्नलाइ कति हतार गरेका हुन्छौ अनि यो पनि भुल्छौ कि अर्काको फोटो फेसबूकको भित्तामा टासेर हार्दिक श्रद्धाञ्जली लेखिरहदा त्यो दिन आफ्नो फोटो पनि अर्काले राखेर हार्दिक श्रद्धाञ्जली लेख्दा त्यो क्षण घर परिवारको लागि कति अबिशाप भैदिन्छ भनेर कहिल्यै कल्पना गरेका छैनौ त्यति मात्र कहाँ होर हजारौं कोरोना संक्रमितको १४ दिनको आइसुलेसनको बसाइ कति कष्टकर हुन्छ त्यो भोग्नेलाई मात्र था हुन्छ त्यही १४ दिनको आइसुलेसनको बसाइ सहज र सरल होस भनेर मन भुलाउने बाटो त्यही फेसबूक न हो खाली बारबार मृत्युको खबर सुन्दा कसरी त्यो मान्छे फर्केर आउँछ होला ? एकचोटि कल्पना गर्नु होस त ? किन हामिमा सकारात्मक सोच भन्दा नकारात्मक तिर बढी ध्यान केन्द्रित हुन्छ तपाई हामिले व्यबहार परिबर्तन कहिले गर्ने अहिले देखिएका परि घटनाले हामीलाई बारबार झस्काउदा गम्भीर भएर सोच्ने कि ?

त्यसो त मेरो ब्यक्तिगत बिचार प्रस्तुत गर्न खोजेको मात्र हो अहिले कोरोना संक्रमण गाउ समुदायमा यति तिब्र गतिमा फैलिएको छ कुनै गाउँ समुदाय घर परिवार यसबाट अछुतो छैन एउटा स्वास्थ्य चौकिमा आउने दैनिक २५–३० जना बिरामिहरु कोरोनाका लक्षण र चिन्हसँग मेल खाने खालका हुन्छन । अझ भन्नू पर्दा स्वाद र गन्ध केही पनि था हुदैन भने पछि झनै कोरोना होकि भन्ने एउटा बलियो आधार बन्न थाल्छ ।

आखिर ती बिरामिको पिसिआर वा एन्टिजिन टेस्ट गर्दा पोजेटिभ देख्ने सम्भावना उत्तिकै रहन्छ तर बिरामीहरुको हिस्टोरी लिदै गर्दा हामी घर परिवार सबैलाई यस्तै समस्या थियो पार गर्दै गयौ सबै सन्चो भए मलाइ अलि गारो भाको भएर स्वास्थ्य सस्था सम्म आको हो । यसो भनिरहदा ७५ प्रतिसत कोभिडका बिरामी गाउँ समुदायमा त छन कि जस्तै लाग्छ आखिर ती सोझा साझा गरिब जनताहरुले पिसिआर गर्न कहाँ जानू ? जाउ भने गाउँ समुदायका मान्छेले तिरस्कार र घृणा पो गर्ने हुन कि पोजेटिभ आएमा याबद कारणहरु हुन सक्ला आर्थिक पाटो पनि जोडिएर आउने कुरा त भयो नै धेरै मानिसहरुले कोरोना पचाएर बसेको अवस्था छ ।

आखिर पिसिआर गरेर पनि के गर्ने न नर्मल बेड पाउछ, न आइसियु बेड पाउछ, न एजडियु बेड पाउछ , न भेन्टिलेटर पाउछ रु न अक्सिजन रु यहीँ अक्सिजनको अभाबमा हजारौंले ज्यान गुमाउनु परेको अवस्था छ ।

अहिले पनि हजारौं कोरोना संक्रमित अस्पतालमा छट्पटाइरहेका छन हो यो कोरोना के हो त आखिर किन लाखौ मानव जातिको ज्यान लिदै छ किन यो कुरामा मेडिकल साइन्स फेल खाको होला । मनमा अनगिन्ती सोच र बिचार तैरिरहेका हुन्छन त्यति मात्र कहाँ होर विश्व मेडिकल साइन्स क्यान्सर , एचआइभि र कोरोना यी ३ कुरामा सधै यसरी नै फेल भैरहने हुन त ? या चुनौतिलाइ पार गर्न सक्षम हुने हुन ? बेला बेला यस्तै यस्तै गम्भीर प्रश्न मनमा खेलिरहन्छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस