चिनियाँ राष्ट्रपति चिनफिङबाट स्वागत

बेइजिङ, १४ वैशाख / चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च’ मा आज सहभागी हुन आउनुभएका विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुखहरुलाई यान्ची ताल अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रमा स्वागत गर्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारी पनि यस सम्मेलनमा आयोजना हुने गोलमेच बैठकमा सहभागी हुन बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब ३५ किलोमिटर पर रहेको उक्त सम्मेलन केन्द्रमा आइपुग्नुभयो ।
बेइजिङको बाहिरी भागमा यान्सी नदीको किनारमा रहेको यो केन्द्र विकास तथा पर्यावरणीय प्रदर्शनीकक्षको रुपमा लिइन्छ । रासस


साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस