२०७९ माघ १३, शुक्रबार

दाङ, रोल्पा, प्युठान र बाँकेका वडा अध्यक्षलाई अभिमुखीकरण

बैशाख १३, २०७६  | १८०४ पटक पढिएको

– तिर्थराज ज्ञवाली
१३ बैशाख, मसुरीया (देउखुरी दाङ) / दाङ, रोल्पा, प्युठान र बाँकेका गाउँपालिकाका वडा अध्यक्षलाई स्थानीय सरकार सम्वन्धि संवैधानिक व्यवस्था र तात्कालिक जिम्मेवारी बारेमा शुक्रवार अभिमुखीकरण गरिएको छ ।

राप्ती गाउँपालिकाको समन्वय र गाउँपालिका राष्ट्रिय महासंघ नेपालको आयोजनामा १३ गाउँपालिकाका १/१ जना वडा अध्यक्ष तथा राप्ती गाउँपालिकाका ९ जना वडा अध्यक्षहरुलाई स्थानीय सरकार सम्वन्धि संवैधानिक व्यवस्था र तात्कालिक जिम्मेवारीका बारेमा अभिमुखीकरण गरिएको हो ।

स्थानीय सरकार सञ्चालनमा आईपर्ने समस्या, अवसर, चुनौति, संवैधानिक व्यवस्थाका बारेमा काम गर्ने प्रक्रियामा सहजहोस् भनि गाउँपालिका राष्ट्रिय महासंघ नेपालले कार्यक्रमको आयोजना गरेको हो ।

वडा अध्यक्षहरुलाई स्थानीय सरकार सम्बन्धि संवैधानिक व्यवस्था र तात्कालिक जिम्मेवारीका कार्य सहज तवरले सञ्चालनका लागि नेपालको सविधान र कानुन र बारेमा ज्ञान अन्तर्गत संविधानको मौलिक हक र राज्यका निर्देशक सिद्धान्त धारा १६ देखी ४६ सम्म, राज्य शत्तिmको बाँडफाड सम्बन्धि विषयहरु धारा ५६ देखी ६०, स्थानीय कार्यपालिका, न्यायीक र व्यवस्थापिका धारा २१४ देखी २२७, अन्तर सरकार समन्वय सहकार्य र सहअस्तीत्व धारा २२८ र २३५, स्थानीय सरकार सञ्चालन ऐनका अधिकांश दफाहरु, मुलुकी देवानी संहिता, फौजदारी संहिता र अन्य जरुरी कानुनहरुका विषयमा जानकारी गरिएको थियो ।

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षता पुर्ब माननीय तथा कानुन विश्लेषक कृष्ण प्रसाद सापकोटाको प्रमुख आथित्यता, गौमुखी गाउँपालिका अध्यक्ष तथा गाउँपालिका महासंघ सचिव विष्णु कुमार गिरी दंगीशरण गाउँपालिका उपाध्यक्ष तथा गाउँपालिका महासंघ ५ नं सह सचिव पीमा ओली डागी, राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माको विशिष्ठ आथित्यतामा कार्यक्रमको आयोजना गरिएको थियो ।

राप्ती, बबई, झिमु्रक, थवाङ, परिवर्तन, गढवा, सरुमारानी, दंगीशरण, लुग्री, सुनिल स्मृति, मिथुगढि, बैजनाथ, राप्ती सोनारी, त्रिवेणी गाउँपालिकाको प्रतिनिधित्व गदै सहभागी वडा अध्यक्षहरुलाई स्थानीय विधायीकी भुमीका र कानुन निर्माण, स्थानिय तहको योजना तर्जुमा प्रकृयाबारे जानकारी, स्थानीय आर्थिक विकासका सम्भावनाहरु, जनतासँगको संवाद, सहजिकरण सञ्चार र जनसम्पर्क सम्वन्धि सीप, सार्वजनिक तथा ब्यत्तिगत जीवनका सहत्वपुर्ण पक्षहरुका वारेमा पुर्व माननिय तथा कानुन विश्लेषक कृष्ण प्रसाद सापकोटाले प्रशिक्षण समेत गर्नुभएको छ ।

वडा अध्यक्षलाई स्थानिय सरकार सम्वन्धि संबैधानिक ब्यवस्था र तात्कालिक जिम्मेवारी बारेमा अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका प्रतिनिधित्व गर्दै सहभागी वडा अध्यक्षहरुले दैनिक वडाका काम काज, आईपरेका समस्या, अवस्थाका वारेमा अनुभव साटासाट गर्नुका साथै वडा स्तरिय अवस्था विश्लेषण फारम समेत भरिएको थियो ।

कार्यक्रमको आयोजक गाउँपालिका राष्ट्रिय महासंघ नेपालका लेखा अधिकृत भुवन लोहार, प्रदेश समन्वय अधिकृत शिव रेग्मीका अनुसार आगामी दिनमा यस प्रकारको कार्यक्रम हरेक जिल्लाका सम्पुर्ण गाउँपालिकाका सम्पुर्ण वडा अध्यक्षहरुलाई जिल्ला स्तरिय कार्यक्रमको आयोजना गर्न गाउँपालिका राष्ट्रिय महासंघ नेपाल लागिरहेको बताउनु भएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस