कोरोना नियन्त्रणकालागि सहयोग पुर्याउनुस्– उदय

बैशाख १६, २०७८  | ६८ पटक पढिएको

१६ गते, बैशाख, काठमाडौं ।

राप्रपाका युवा नेता तथा लुम्विनि प्रदेश अध्यक्ष प्रदिपकुमार उदयले लुम्बिनी प्रदेश लगायत देशैभरीका पार्टीका नेता तथा कार्यकर्ताहरुलाई सुरक्षित रहेर कोरोना नियन्त्रणलागि सहयोग पु¥याउन अपिल गर्नुभएको छ ।

लुम्बिनी प्रदेश,बॉकेको नेपालगंजको भेरी अस्पतालमा कोरोनाको बिरामीहरूको चापले अवस्था अत्यन्तै भयावह बन्दै गईरहेको भन्दै नेता उदयले सवैलाई आ आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गर्नुभएको हो ।

उहाँले सामाजीक संजाल मार्फत भन्नु भएको छ,लुम्बिनी प्रदेश,बॉके जिल्ला,नेपालगंजको भेरी अस्पतालमा कोरोनाको बिरामीहरूको चापले अवस्था अत्यन्तै भयावह बन्दै गईरहेको छ । यस्तो अवस्थामा केन्द्रीय सरकार र प्रदेश सरकारको ध्यान बिशेषरूपमा त्यता तर्फ पुर्याउनु जरूरी छ । तत्काल भेरी अस्पतालको यो स्थिती नियन्त्रणको लागी केन्द्र सरकार र प्रदेश सरकार संग आग्रह गर्दछु ।

साथै स्वास्थ्य सुरक्षा अपनाई यो भयावह स्थिती नियन्त्रणको लागी आ(आफ्नो तर्फबाट सहयोग पुर्याउन राप्रपा नेपालगंजका मित्रहरूमा हार्दिक आग्रह गर्दछु ।साथै हरेक स्थानमा सुरक्षित रहन र सुरक्षित रहदै आवश्यक सहयोग पुर्याउन लुम्बिनी प्रदेश तथा देशभरका सम्पुर्ण राप्रपाका मित्रहरूलाई समेत हार्दिक अपिल गर्दछु । सुरक्षित रहौ आफु पनि बचौ , अरूलाई पनि बचाऔ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार