बिजौरी उवासंघले भन्यो ‘खोइ मास्क ?’

बैशाख १५, २०७८  | ४५७ पटक पढिएको

सागर रोका, १५, वैशाख, बिजौरी ।

बिजौरी उद्योग वाणिज्य संघ बिजौरीले आज बिहान बिजौरी बजार क्षेत्रभित्र खोइ मास्क भन्दै मास्क वितरण गरेको छ । कोरोना भइरसको दोसो लहरमा देशभर फैलिएको महामारीबाट सम्पूर्ण व्यापारी, उद्योगी तथा सर्वसाधारणहरुलाई करिब ३ सय मास्क वितरण गरिएको संघका महासचिव विदुर गौतमले जानकारी दिए ।

बिजौरी बजार क्षेत्र लगायत वडा नम्बर १९ र १८ मा पर्ने व्यापारी, व्यवसायीहरुलाई माक्स वितरण गरिएको थियो । बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा भएको मास्क वितरण कार्यक्रममा बाटोमा हिड्ने सर्वसाधारण, सवारी साधन चालकहरुलाई पनि अनिवार्य माक्स प्रयोग गर्नु पर्ने भन्दै सचेतना दिनुका साथै मास्क पनि प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा हेमन्तपुर प्रहरी चौकीका इन्चार्ज सई ईन्द्र बहादुर पाल, संघका उपाध्यक्ष बालकृष्ण रेग्मी, सचिव यज्ञ बहादुर पुन, रेश्मी राज खड्का, शिव राज के.सी, गोविन्द रोका, कर्ण बहादुर वली, खिम बहादुर बि.क, प्रेम बहादुर बि.क, अस्थायी प्रहरी चौकी बेलझुण्डीका असइ टिकाबहादुर कवर लगायतको उपस्थिति रहेको थियो ।

साथै उक्त अभियानमा अत्याबश्यक काम बाहेक र मास्क बिना घर बाहिर ननिस्कने, दैनिक साबुन पानीले हात धुने, भिडभाड नगर्नेलगायतका जनचेतना मुलुक जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार