२०७९ माघ २१, शनिबार

संयम इन्टरप्राइजेजद्धारा निशूल्क स्वास्थ्य शिविर

बैशाख १३, २०७६  | १४७५ पटक पढिएको

तुल्सीपुर
दाङको तुल्सीपुरमा स्थित संयम इन्टरप्राइजेजले शुक्रबार एक कार्यक्रमको आयोजना गरि निशूल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
वजाज आरइको आधिकारिक विक्रेता संयम इन्टरप्राइजेजले आप्mना ग्राहकहरुलाई लक्षित गरि सञ्चालन गरिएको उक्त शिविरमा डा। कैलाश न्यौपानेले अटो व्यवसायीहरुलाई सुगर, प्रेसर, टिटि लगाएका स्वास्थ्य परिक्षण गरेका थिए । उक्त शिविरमा ३ सय ५० जना अटो व्यवसायीहरुको सहभागिता रहको स्वास्थ्यकर्मी विष्णु पन्थिले जानकारी दिए ।

प्रत्येक तिन/तिन महिनामा अटो व्यवसायीलाई यसरीनै निशूल्क स्वास्थ्य परिक्षण गरिने संयम इन्टरप्राइजेजका सञ्चालन गेहेन्द्र पौडेलले जानकारी दिए । हामी प्रत्येक तिन/ तिन महिनामा अटो व्यवसायीलाई निशूल्क स्वास्थ्य शिविर गर्नेछौं भन्दै पौडेल भने – अटो व्यवसायीहरु व्यस्त हुने हुदाँ , धुलो धुवा लगाएत अन्य वाट रोगहरु हुनेहुदाँ परिक्षण गर्ने समय नमिल्ने भएकोले यो व्यवस्था गरिएको हो । यस अघि पनि संयम इन्टरप्राइजेजले रक्तदान, ग्राहक भेटघाट लगाएका सामाजिक कार्य पनि गरिएको सञ्चालक पौडेले जानकारी दिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस