विपन्न समुदायलाई जस्तापाता वितरण

बैशाख ०८, २०७८  | २२० पटक पढिएको

दिप्तीशिखा चौधरी, ०८ वैशाख, दंगीशरण ।

दंगीशरण गाउँपालिकाले विपन्न समुदायका २ सय ५५ घरधुरीलाई जस्तापाता वितरण गरेको छ । वर्षौदेखि खरले छाएका घरमा बस्दै आएका ति घरधुरीहरुलाई यस आर्थिक वर्षमा जस्तापाता वितरण गरिएको हो ।

वर्षौ आगलागि हुने समस्याबाट मुक्त दिलाउँनका लागि जस्तापाता वितरण गरिएको अध्यक्ष भागिराम चौधरीले जानकारी दिए । गाउँपालिकामा यस वर्ष २ सय ५५ जनालाई जस्तापाता वितरण गर्ने लक्ष्य लिईएको थियो भने २ सय ९ घर परिवारलाई ५० हजारका दरले प्रतिपरिवारलाई रकम उपलब्ध गराउने तयारी भईरहेको अध्यक्ष चौधरीले जानकारी दिए ।

एकल, अपांगता, दलितहरुलाई प्राथमिकतामा राख्दै जस्तापाता वितरण गरिएको हो । संघीय सरकारको सहयोगमा स्थानीय पालिका सरकारले खरका छाना हटाएर जस्तापाताले घर छाउँने कार्यक्रम ल्याएको हो ।

विषेशगरी विकट वडाका रुपमा लिईदै आएको दंगीशरण गाउँपालिका वडा न. १ र २ का विपन्न नागरिकहरुलाई मध्यनजर गर्दै जस्तापाता वितरण गरिएको हो । वडा अध्यक्षहरुका अनुसार वडा १ मा ६६ जना, वडा २ मा ८० जना, ३ मा १४ जना, ४ मा २८ जना, ५ मा २१, ६ मा ३२ जना र ७ मा १४ जनालाई वितरण गरिएको हो ।

आगलागि र अन्य विपतका घटना बढ्न थालेपछि फुसको छानो हटाउँने अभियान अन्र्तगत संघीय सरकारको सहयोगमा स्थानीय सरकारले खरको छानो हटाई वडा कार्यालय मार्फत घरपरिवार छनौट गरी जस्तापाता वितरण गर्ने योजना अघि सारेको हो ।

जस्तापाता वितरणले आगलागी, पानी चुहिने जस्ता समस्याबाट छुट्कारा पाईएको भन्दै विपन्न घरपरिवारका नागरिक खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार