सुनको भाउ तोलामा १३ सय बढ्यो

बैशाख ०८, २०७८  | १८५ पटक पढिएको

०८ वैशाख, काठमाडौं ।

बुधबार सुनको भाउ तोलामा १ हजार ३ सयले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य एक हजार ३ सय रुपैँयाले बढेर ९२ हजार निर्धारण गरिएको छ ।

यस अघि मंगलबार सुन प्रतितोलाको ९० हजार ७ सयमा कारोबार भएको थियो । त्यसैगरी चाँदीको मूल्य पनि १० रुपैँयाले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय १० निर्धारण गरिएको छ ।

मंगलबार चाँदी एक हजार ३ सय रुपैँयामा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार