नेपालमा एकसिङ्गे गैँडाको सङ्ख्या ७५२

चैत्र २९, २०७७  | १८० पटक पढिएको

२९ चैत्र, काठमाडौं ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपालमा यस वर्ष एकसिङ्गे गैँडाको सङ्ख्यामा वृद्धि भएको बताएका छन् । चितवनमा सार्वजनिक गरिएको राष्ट्रिय गैँडा गणना, २०७७ को नतिजाले नेपालमा गैँडाको सङ्ख्यामा वृद्धि भएको देखाएको छ ।

पाँच वर्षअघिको तुलनामा यस वर्ष १०७ वटा गैँडा वृद्धि भएको छ । नेपालमा गैँडाको बासस्थानको सुरक्षा तथा आहाराका लागि सरकारले गरेको योगदान पछिल्लो समय सफल हुँदै गएको मन्त्री आलेले बताए ।

यस वर्षको गणनामा नेपालमा एकसिङ्गे गैँडाको सङख्या ७५२ पुगेको छ । यस वर्ष गरिएको गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लफाँटा वन्यजन्तु आरक्षमा १७ र पर्सा वन्यजन्तु आरक्षमा तीनवटा गैँडा भेटिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार