यसरी राख्नुस् फलफूललाई लामो समयसम्म ताजा

चैत्र २९, २०७७  | १८१ पटक पढिएको

२९ चैत्र, काठमाडौं ।

फलफूल खानु स्वास्थ्यलाई लागि अत्यावश्यक कुरा हो । तर फल काटेर त्यत्तिकै राख्दा खैरो हुन थाल्छ अनि खान मन नलाग्ने हुन्छ ।

यस्ता खालका केही घरेलु टिप्स अपनाउनुभयो भने तपाईंले फललाई लामो समय ताजा राख्न सक्नुहुन्छ ।

१. कागतीको रस
कागतीको रसले फललाई खैरो हुन दिँदैन र ताजा राख्छ । फल काटेपछि तत्काल नखाने हो भने त्यसमा कागतीको रस दल्नुस् र त्यत्तिकै छोडिदिनुस् । फलको रंग परिवर्तन हुँदैन ।

२. प्लास्टिक
फल काटेपछि एउटा कचौरामा राख्नुस् । अनि कचौरालाई प्लास्टिकमा बेर्नुस् ।

३. एल्युमिनम पेपर
एल्युमिनम पेपरमा फललाई बेरेर पेपरमा साना प्वाल बनाउनुस् । यसले पनि फललाई ताजा राख्छ ।

४. फ्रिज
फललाई फ्रिजमा छोपेर राख्नुभयो भने पनि ताजा बस्छ । छोप्न किन लगाएको भने यसो गर्दा फ्रिजका अन्य खाद्य पदार्थको गन्ध फलमा सर्दैन अनि आफ्नो गन्ध पनि अरूमा सार्दैन ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार