तुलसीपुरमा थप ७ जनामा कोरोना संक्रमण

चैत्र २४, २०७७  | ३७६ पटक पढिएको

२४ चैत्र, तुलसीपुर ।

तुलसीपुरमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा ७ जनामा कोरोना पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए ।

केसीकाअनुसार तुलसीपुर वडा नं. २ का ४२ र ५५ वर्षीय पुरुष, तुलसीपुर वडा नं. ५ की ३६ वर्षीया महिला, तुलसीपुर वडा नं. ७ का ६० वर्षीय पुरुष र २० वर्षीया महिला, तुलसीपुर वडा नं. ९ का २५ वर्षीय पुरुष र तुलसीपुर वडा नं. १७ का ४९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

७ संक्रमितमध्ये १ जना नेपालगन्जको आइसोलेसनमा भर्ना भएका छन् भने दुई महिला र एक पुरुष कोरोना अस्पताल बेलझुन्डीको आइसोलेसनमा रहेका छन् । अन्य संक्रमित होम आइसोलेसनमा बसेको केसीले बताए ।

योसँगै तुलसीपुरमा कोरोनाका ९ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार