कबड्डी–४ मा हिरोइनमा मिरुना र गौमाया

चैत्र २४, २०७७  | २७८ पटक पढिएको

२४ चैत्र, काठमाडौं ।

रामबाबु गुरूङको निर्देशनमा बन्न लागेको चलचित्र कबड्डी–४ का लागि नायिकामा मिरुना मगर र गौमाया यात्री चयन भएका छन्। दुवै जना अहिले चलचित्रको वर्कशपमा छन्।

मिरुनाले केही नेपाली चलचित्र गरेकी छिन् भने गौमाया यहि चलचित्रमा डेब्यू गर्दैछिन्।

यो चलचित्रमा नायक दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, जयनन्द लामा लगायतका कलाकार फाइनल भइसकेका छन्। बैशाखमा सबै कलाकारको पीसीआर परीक्षण गरेर छायांकनमा जाने तयारी छ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार