यस्तो गाउँ ! जहाँ बस्नको लागि एउटा अंग काट्नुपर्छ !

चैत्र २४, २०७७  | ३१५ पटक पढिएको

२४ चैत्र, काठमाडौं ।

हुन त संसारका जुनसुकै ठाउँमा बसोबास गर्नेहरुले पनि विभिन्न नियम कानून तथा शर्तहरु पालना गर्नुपर्दछ। तर यो दुनियाँमा एउटा यस्तो ठाउँ छ, जहाँ बस्नका लागि आफ्नो शरीरको एउटा अंग नै काटेर फ्याक्नु पर्दछ।

हो, अन्टार्कटिका महादेशमा पर्ने भिल्ला लस एस्ट्रेलस नामक गाउँमा जान र बस्नका लागि शरीरको एउटा अंग काट्नै पर्दछ । उक्त गाउँमा गएर बस्न योग्य हुनका लागि काटेर फ्याँक्नु पर्ने अंग चाहीँ एपेन्डिक्स हो, जुन ठूलो आन्द्राको एक भाग हो । जसलाई शरीरको अनावश्यक अंग मानिन्छ ।

उक्त गाउँ निकै विकट भएको हुँदा यथेष्ट सुविधाहरुको अभाव छ । तर किराना पसलदेखि बैंक, स्कुल, हुलाक र सानो अस्पताल चाहिँ त्यहाँ छन् । स्कुलमा आधारभूत शिक्षा प्रदान गरिए पनि अस्पतालमा भने निकै सामान्य औषधि उपचार मात्र हुन्छ ।

हुन त अन्टार्कटिकामा एउटा ठूलो र सुविधा सम्पन्न अस्पताल पनि छ । तर उक्त अस्पताल भिलस लस एन्ट्रेलस गाउँभन्दा १ हजार किलोमिटर टाढा छ । त्यसैले यदि त्यहाँ कसैलाई एपेन्डिक्स दुख्ने समस्या उत्पन्‍न भएमा उपचार नपाएर ज्यान नै जाने जोखिम हुन्छ ।

भिल्ला लस एस्ट्रेलस अन्टार्कटिकाको त्यो गाउँ हो जहाँ अनुसन्धानका लागि वैज्ञानिकहरु बस्दछन् । त्यस्तै दक्षिण अमेरिकी देश चीलीका जल तथा स्थल सैनिकहरु पनि त्यहाँ बस्दछन् । कतिपय वैज्ञानिक तथा सैनिकहरु त परिवारसहित लामो समयदेखि त्यहाँ बस्दै आएका छन् । उक्त गाउँमा आउनु अगाडि पेटको शल्यक्रिया गरेर एपेन्डिक्स काटेर फ्याँकिन्छ र मानिस पूर्णरुपमा स्वस्थ र तन्दुरुस्त रहेको प्रमाणित गरिसकेपछि मात्र गाउँमा जान दिइन्छ ।

यो गाउँ बाह्रै महिना हिउँले ढाकिएको हुन्छ । गाउँमा सार्वजनिक यातायातको राम्रो सुविधा छैन। त्यहाँ पुग्नका लागि ट्रक तथा र्‍याफ्टिङ बोटको प्रयोग गर्नु पर्दछ । त्यहाँको तापक्रम सधैँ माइनसमा रहन्छ । तर पनि अन्टार्कटिका भित्रको त्यो तुलनात्मक रुपमा गर्मी ठाउँ मानिन्छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार