२०७९ माघ १७, मंगलबार

७ जना कृषक समुहलाई मौरी घार वितरण

बैशाख १२, २०७६  | २०९१ पटक पढिएको

– दिप्तीशिखा चौधरी,
१२ बैशाख, दंगीशरण (दाङ) / भाग्यलक्ष्मी माहुरी पालन केन्द्र दंगीशरण गाउँपालिका वडा नं. ७ बोकटिका मेघ बहादुर हमालले दंगीशरण गाउँपालिकाको कुषि शाखाले कृषकहरुका लागि मौरीको घार वितरण गरेको भन्दै खुसी व्यक्त गरे । १७ वर्ष देखि भाग्यलक्ष्मी माहुरी पालन गर्दै आएका हमाल थप माहुरीको घार पाउँदा आफ्नो व्यवसायमा थप टेवा पुगेको भन्दै हर्षीत भए ।

आफ्नो व्यक्तिगत १५ लाखको लगानीमा व्यवसाय सञ्चालन गरेका उनी मासिक रुपमा १२ देखि १५ लाख सम्म आम्दानी हुने गरेको भन्दै अबका दिनमा गाउँपालिकाबाट पाएको यो राहतलाई गुणस्तरीय रुपले सञ्चालन गरी व्यवसायीक रुपमा नै यसलाई अगाडि लैजाने बताए । उनले भने— “मेरो व्यवसायमा मैले २ जनालाई रोजगार दिएको छु गाउँपालिका बाट पाएको यो सहयोगलाई फस्टाउँदो तरिकाले सञ्चालन गरी अबका दिनमा अझ धेरै यूवाहरुलाई रोजगारी दिने तरिकाले व्यवसाय सञ्चालन गर्छु ।”

यस्तै दंगीशरण ७ स्थित प्रगतीशिल समूहका माधव नाथ योगी पनि कृषकहरुलाई मध्यनजर गर्दै गाउँपालिकाले गरेको यो काम सह्राहनीय रहेको भन्दै खुसी व्यक्त गरे । अबका दिनमा मौरी पालनलाई व्यवसायीक रुपमा अगाडी लैजाने बताए । दंगीशरण गाउँपालिका अन्र्तगत कृषि शाखाले बुधबार एक कार्यक्रमका बिच ७ जना कृषक समुहहरुलाई मौरीको घार वितरण गरेको हो । आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक स्विकृत बजेटबाट ७५ प्रतीशत अनुदानमा मौरी घार वितरण गरिएको हो । भाग्यलक्ष्मी माहुरीपालन केन्द्र दंगीशरण ७ लाई २८ वटा, महेश माहुरी फर्म दंगीशरण ६ लाई ३० वटा, जय भवानी कृषि सहकारी सस्ंथा दंगीशरण १ लाई १५ वटा, संगम माहुरी फर्म दंगीशरण ७ लाई ८ वटा, प्रगतीशिल समुहलाई ८ वटा, रानीवन कृषि सहकारी सस्ंथा दंगीशरण ३ लाई १० वटा, त्रिशक्ति कृषि सहकारी सस्ंथा दंगीशरण ६ लाई ३० वटा माहुरी को घार गरी जम्मा १ सय २९ वटा घार वितरण गरिएको हो ।

सो अवसरमा गाउँपालिकाका उपाध्यक्ष पिमा कुमारी खड्काले गाउँपालिकालाई कृषकमूखी गाउँपालीकाको रुपमा परिचित गराउँने उद्धेश्यले गाउँपालीकाले कृिष क्षेत्रका लागि पकेट क्षेत्रको रुपमा परीचित रहेकाले कृषकहरुको मागलाई मध्य नजर गर्दै यस्ता कार्यक्रमहरु सञ्चालन गरेको बताईन् ।

कुनै पनि कृषक व्यक्तिगत लगानीले मात्र सफल नहुने भन्दै कृषि क्षेत्रलाई गुणस्तरीय बनाउँन यस्ता खालका कार्यक्रममले सहयोग पुग्ने बताईन् । उनले माहुरी बाट हुने महलाई स्थानीय क्षेत्रमा मात्र नभई बाहिरी जिल्लामा पनि निर्यात गर्न सक्ने गरी ब्यवसायीक बनाउँन आग्रह गरीन । कृषि शाखा प्रमूख सरु भुषालको अध्यक्षतामा भएको कार्यक्रमको शहजीकरण कृषि शाखाकी दिपा कवँरले गरेकि थिईन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस