होलीको आध्यात्मिक रहस्य

चैत्र १५, २०७७  | २०१ पटक पढिएको

आर्यव्रत नै एउटा यस्तो संस्कृतिको स्थाल हो, जहाँ चाड पर्वहरु जस्तै शिवरात्री, होली आदि या त ईश्वरको चरित्रका साथ सम्बन्धित छन् या देवताहरूको जीवनको साथ सम्बन्धित छन् । जस्तै कि दिपावली आदि । अतः यहाँका चाडपर्वहरूको पुरा परिचय तब मात्र हुन सक्छ जब कि परमात्माको निराकार र साकार स्वरुपको, उहाँका अलौकिक चरित्रको, समयको र देवताहरूको सृष्टि स्थापित गर्नेको अलौकिक रीतिको परिचय होस् । यहाँका चाडपर्वहरूको परमामत्मा र देवताहरूका साथमा जो सम्बन्ध छ, यसको भित्र जो आध्यात्मिक रहस्य छ, त्यसको बोध नभए सम्म यी चाडपर्वहरूलाई मनाउनु कुनै लाभ छैन । यो कुरा होलीका विषयमा भन्न सकिन्छ । अतः यसको आध्यात्मिक महत्वका बारेमा जान्नु पर्ने हुन्छ ।

गीताको भगवानले गोप–गोपीहरूको साथमा होली मनाउनु भयो, यसको वृत्तान्तका चित्र हामीहरू आफ्ना घरका भित्ताहरूमा प्रेमपूर्वक चिप्काउने गर्छौं । र स्वयं पनि त्यही दृष्टिकोणले हर वर्ष होली मनाउछौं । तर गीताको निराकार भगवान, जसले साकार रूप धारण गर्नु भयो, उहाँ को हुनुहुन्थ्यो ? उहाँले गोप–गोपीहरूको साथमा कहिले र कसरी होली भनाउनु भयो ? त्यो होली मनाउदा के आनन्द समाहित भएको थियो ? यो कुरा थाहा न हुनाको कारणले आज हामी जसरी होली मनाइरहेका छौं जुन प्रकारले रंगमा लाखौं रुपियाँ खर्च गर्छौं । त्यसको चित्र त सबैका सम्मुख छ । त्यो त मनुष्य जीवनको अनमोल घडीलाई उच्छृंखलता वश व्यर्थ समाप्त गर्ने, र देशको तथा निजी सम्पतिलाई माटोमा मिलाउनु हो ।

के गीताको भगवानले यस्तो होली मनाउनु भएको थियो ?

विचार गर्नुहोस् कि भगवानका प्रत्येक कृत्य अलौकिक, चरित्रात्मक र आदर्शपूर्ण हुन्छन् । भगवानका प्रत्येक कर्महरू शिक्षाप्रद, कल्याणकारी, रमणिक, आकर्षण, राम्रा र सप्रयोजनका हुन्छन् । तर आज जसरी मानिसहरू एक अर्काको गलामा जुताको माला पहिराउँछन्, मट्टिको तेलमा रंग मिलाएर एक अर्काको मुख कालो गर्न आतुर हुन्छन् । के यी सबै होलीका अलौकिक अथवा ईश्वरीय रीति हुन ? होलीको दिनमा एक अर्कालाई गाली दिनु, ठूलो र सानोको विचको मर्यादा नष्ट गर्नु, सबै दिव्य गुणहरूलाई भूलेर हुल्लड मचाउनु र स्थान स्थानमा दंगा गर्नु, के यही आदि सनातन होली हो, जो गीताको ज्ञान धारण गर्ने गोप–गोपीनीहरूले ज्ञानस्वरुप, प्रेम–स्वरुप, सर्वगुण सम्पन्न, निराकार परमात्मा अथवा गीताको भगवानको साकार रूपसंग खेल्नु भएको थियो ? वा होली खेल्ने त्यो रीति नै भिन्न थियो ?

होलीका दुई पथ

आज हामी होलीलाई दुई तरिकाले मनाउँछौं । एउटा त परस्पर रंग हालेर, अर्को अन्तिम दिन होलीका जलाएर । अतः यथार्थ रीतिले होली मनाउनका लागि यी दुबै रिवाजहरूलाई जान्नु अति नै आवश्यक छ ।

होलीमा रंग

वास्तवमा गीताको भगवानले ज्ञान–गुलालले अथवा विज्ञान (योग) केसरले नै गोप–गोनीहरूको आत्मालाई रंगाउनु भएको थियो । अथवा पवित्रता रूपी गुलाब–जलले उनीहरूका अंग अंगहरूलाई शीतल पार्नु भएको थियो । भगवानलाई त हर एक कत्र्तव्य गर्नु नै थियो, ज्ञाननिष्ठ र दिव्यगुण सम्पन्न सृष्टि उत्पन्न गर्नका लागि । तर पछि गएर जस्तै उहाँको रसिलो ज्ञान मुरली (जसकोद्वारा गोप–गोपीहरूले अतिन्द्रीय सुख पाएका थिए न कि इन्द्रीय सुख) लाई चित्रकारहरूले चित्रमा रत्न जडित बाँसको मुरलीको रूप दिए, त्यस्तै नै उहाँले दिनु भएको ज्ञान गुलाब र योग रूपी केसर (जुन अलौकिक रंगले नै भगवानले गोप–गोपीनीहरूलाई आध्यात्म रंग दिनु भएको थियो) को यादमा पनि आज मानिसहरू स्थूल रंगले खेल्छन् र स्थूल रीतिले नै होली मनाउँछन् ।

बरदस्ती रंग लगाउनु

आज एकले अर्कालाई जबरदस्ती रंग लगाउने जुन रिवाज छ, त्यसमा पनि वास्तवमा आध्यात्मिक अर्थ समाहित छ । आज होलीको दिनमा यदि कुनै व्यक्ति घरका द्वारहरू बन्द गरेर स्वयंलाई बाहिरी रंगदेखि बचाउँछ, रंगबाट बच्नका लागि बाहिर आउँदैन, तब होली खेल्ने मानिसहरू उसलाई भन्छन् अहिले तपाई रंगदेखि चिढ्नु हुन्छ तर हामी तपाईलाई जबरदस्ती रंग लगाएर नै छाड्नेछौं । जसलाई रंग लागेको हुन्छ, उनीहरू अरूलाई पनि रंग लगाउनका लागि कर गर्दछन् । उनीहरू भन्छन् अब त समय नै रंग लगाउने र खुशी मनाउने को हो ।

यस प्रथाको, शुरूमा जुन आध्यात्मिक रूप थियो, त्यो यस प्रकारको थियो । धर्म सम्पन्न सतयुगी दैवी सृष्टि स्थापना गर्नुहुने गीताको भगवानले जुन गोप–गोपिनीहरूलाई ज्ञान र योगको रंगमा रंगाउनु भएको थियो, उहाँले नै उनीहरूलाई आज्ञा दिनु भएको थियो कि हे वत्स जाऊ, अब अरूको चोलीलाई पनि यस रंगमा रंगाऊ । सारा संसारमा कुनै पनि मनुष्य आत्माहरू यस रंगको छिटाले बच्न नपाउन् । श्रीमद्भगवतमा भगवानको यस ज्ञान होलीका बारेमा दुई प्रकारले वर्णन गरिएको पाइन्छ । एक स्थानमा त यस्तो लेखिएको छ, कि ब्रह्माजीकोद्वारा ज्ञान यज्ञ स्थापित गराएर भगवानले भन्नु भयो कि यस ज्ञान यज्ञबाट तिमी अरूलाई पनि देवता बनाएर वृद्धिलाई प्राप्त गर । दोस्रो स्थानमा भनिएको छ कि हे वत्स, मेरो यो गुह्य ज्ञान (रंग) मेरा भक्तहरूलाई सुनाऊ (लगाऊ) ।
आज स्थूल रंग लगाउनका लागि जुन जबरदस्ती गरिन्छ यसबाट उनीहरूलाई धेरै हानी हुन्छ । एक आपसमा दंगा फसाद हुन्छ । तर यदि यस होलीलाई पुनः आफ्नो वास्तविक ज्ञानमय रूपमा बदेलेर होली खेल्ने हो भने होलीको मात्र होइन यस पुरा आर्यवर्तको र पुरा विश्व संसारको चित्र–चरित्र नै बदेलिने छ ।

मंगल–मिलन

होलीको दिनमा आफन्त चिनेजानेका मानिसहरू आपसमा मिल्छन्, एकले अर्कामा रंग लगाउँछन्, परस्पर गला मिल्छन् । दुईजना व्यक्तिहरू होली भन्दा पूर्व लडाई गरेका भए पनि होलीको दिनमा एक अर्कामा रंग हालेर आपसमा मिल्छन् यस्तो मिलनलाई मंगल मिलन भनिन्छ । यसको अर्थ जनताले यो लिन्छन् कि यस मिलनको समयदेखि लिएर ती दुवै मिल्नेहरूको आफ्नो अतीतको शत्रुता, ईर्ष्या, द्वेष इत्यादिलाई भूलेर परस्पर प्यार गर्न थाल्लान् । तर साधारणरूपले विचार गर्नु पर्नेे कुरा के छ भने मनको भित्रको अशुद्ध, वृत्तिहरू, ईर्ष्या, द्वेष यत्यादि, आत्मालाई ज्ञानमा रंगाए बिना त मिटाउन सकिदैन । जबसम्म मनुष्यको कल्याणकारी परमपिता परमात्मा (शिव) को साथमा मिलन हुदैन तबसम्म आपसमा पनि मंगल मिलन हुन सक्दैन ।

अतः वास्तवमा ज्ञान र योगद्वारा ईर्ष्या, द्वेष इत्यादि विकारहरूको सन्यास गराएर, सबै मानिसहरूलाई सदाका लागि लडाई–झगडादेखि मुक्त गरेर परस्पर आध्यात्म प्रेमले मंगल मिलन त गीताको भगवानले ज्ञान गुलाब र विज्ञान (योग) केसरद्वारा नै गर्न सिखाउनु भएको थियो । यो नै वास्तवमा साँचो होली थियो । तर आज त्यस्तो शुभ चरित्रको पनि बाह्य र स्थूल रूप नै अपनाइन्छ । जसमा मिल्ने वाला परस्पर आन्तरिक प्रेमले शून्य मात्र हुदैनन् बल्कि अतितका अगाडी पछाडीका सबै बदला निकाल्छन् । र गीताको भगवानलाई तथा उहाँको साँचो होलीलाई मानिसले यहाँ सम्म भूलि सके कि भन्छन गीताको भगवानले कुरुक्षेत्रको मैदानमा युद्ध गराउनु भएको थियो । र उहाँका धेरै पटरानीहरू थिए । तर यो सबै झुठ–मुठमा नै मानिसहरूले गीताको भगवानको माथी कलंक लगाएका हुन् ।

होलीका जलाउनु

होलीको दिनमा छरछिमेकी एकसाथमा मिलेर गोइठा, दाउराको थुप्रो बनाएर होलीका जलाउँछन् उनीहरूको मान्यता छ कि प्रहलादको पिता हिरण्यकश्यप र उसकी बहिनी होलीका सतयुगमा थिए । तर वास्तविकता यो छ कि न त सतयुगमा हिरण्यकश्यप जस्तो कुनै दैत्य हुन्छ न होलीका न द्वापरयुगमा भगवान अवतरित हुन आवश्यकता हुन्छ । बल्कि भगवान अर्थात् बह्मा, विष्णु, तथा शंकर नामका सूक्ष्म देवताहरूलाई पनि रच्नेवाला निराकार परमात्मा शिव (ज्योतिर्लिंग) जो ब्रह्माकोद्वारा सतयुगी देव–सृष्टिको स्थापना, शंकरद्वारा कलियुगी सृष्टिको विनाश र विष्णुकोद्वारा सतयुगी र त्रेतायुगी सृष्टिको पालना गराउनु हुन्छ । उहाँको अवतरण नै कलियुगको अन्तमा र सतयुगको आदिको संगमको समयमा ब्रह्माको साकार साधारण, बृद्ध मनुष्यको तनमा धर्म सम्पन्न सतयुगीय सृष्टिको पुनः स्थापनाका लागि हुन्छ । हो जुन ब्रह्माको तनमा परमात्मा अवतरित भएर गीताको ज्ञान दिनु हुन्छ उहाँको जन्म भविष्यमा सतयुगी देव सृष्टिको आदिमा श्री कृष्णका रूपमा हुन्छ ।

अतः वास्तवमा गीताको भगवान निराकार त्रिमूर्ति परमात्मा (ज्योतिर्लिंगम) शिव हुनुहुन्थ्यो । उहाँले नै ब्रह्मा (न कि कृष्ण) रूपद्वारा, संगम समयमा गोप–गोपिनीहरूका साथमा साँचो होली मनाउनु भएको थियो । जुन चरित्र ५००० वर्षको पश्चात अब पुनः हुबहु पुनरावृत्ति भइरहेको छ । ब्रह्मा तथा सरस्वतीको रूपद्वारा नै गीताको निराकार मगढेर (जसको माथी उनीहरू होलीकालाई बसेको मान्दछन्) लाई आगो लगाउँछन् । मानिसहरूको मान्यता छ कि यस दिन प्रहलाद (जो स्वयंलाई ईश्वरको सन्तान निश्चय गर्दछ) लाई जलाउनका लागि हिरण्यकश्यप (जो स्वयंलाई भगवान निश्चय गर्दछ) को बहिनी होलीका प्रहलादलाई आफ्नो गोदमा लिएर आगोको ढेरमा बसीन र उनलाई यो निश्चय थियो कि म सुरक्षित नै बाहिर निक्लिने छु र प्रहलाद आगोमा जल्नेछ । तर भयो यसको विपरित ।

अर्थात् होलीका जलिन् र प्रहलाद बचेर बाहिर निस्के । यसै खुशीमा मानिसहरू आजसम्म होलीका जलाउँदै आएका छन् । तर यस आध्यात्मिक रूपको वास्तविक रहस्यलाई जीवनमा अपनाउँदैनन् । यद्यपि होलीका जलाउने परम्पराले यस तथ्यको याद दिलाउँछ कि एउटा एक्लो बालकले पनि एक मात्र ईश्वरको साहारा लिएर अनेकौं परिक्षाहरूलाई पार गर्दै विजयश्री प्राप्त ग¥यो र सुरक्षित रह्यो । स्वयंलाई ईश्वरमा निश्चय नगर्नेवालाको तथा ऋद्धि सिद्धिको मथी अभिमान गर्नेहरूको नै सर्वनाश हुन्छ । तथापि आश्चर्यको कुरा के छ भने यहाँका मानिसहरू प्रतिबर्ष होलीका त जलाउँछन् तर न परमात्मालाई जाँदछन् न मान्दछन् न उहाँको शरण नै लिन्छन् । बल्कि कैयौं त स्वयंलाई नै ईश्वर (शिव) निश्चय गर्नेको घृष्टता पनि गर्दछन् । गीताको भगवानले कहिले कुन रूपमा गोप–गोपीनीहरूसँग होली मनाउनु भएको थियो ?

आज हामीहरू सम्झिन्छौं कि गीताको भगवान श्रीकृष्ण हुनुहुन्थ्यो । र उनैले नै द्वापर युगमा गोप–गोपीहरूसंग, शिवले १०८ गोप–गोपीनीहरूका साथमा चरित्र गर्ने (होली पनि खेल्नुभएको थियो) यसैको यादमा आज पनि १०८ को वैजन्तिमाला पूजित छ । जसमा पूmल ज्योतिर्लिंगम् शिवको, युगल दाना ब्रह्मा–सरस्वतीको र १०८ मणका गोप–गोपीनीहरूका प्रतीक हुन् । तर आज हामीले यस रहस्यलाई भूलि सक्यौं ।

साँचो होली मनाउने को रीति

आज आवश्यकता छ यस कुराको कि पुनः गीता ज्ञानले आफ्नो चोली रंगीयोस् र ज्ञान केसरीले नै मंगल–मिललन गरियोस् र स्वयंलाई परमपिता परमात्माको सन्तान निश्चय गरेर ईश्वरको यादमा रहनेको पुरुषार्थमा जो बाधाहरू आउँछन् ती बाधाहरूलाई एक बल एक भरोसाको आधारमा पार गरियोस् ।

अब ईश्वरीय ज्ञान त स्वयं ईश्वर ले नै दिनुहुन्छ । त्यसको धारणा गरेर साँचो होली मनाउनु पर्छ । यस रीतिले होली मनाउनाले अर्थात् ईश्वरीय ज्ञान र योगद्वारा पवित्र बन्नाले नै ५००० बर्ष पूर्वका गोप–गोपिकाहरूको समान अतीन्द्रिय सुख प्राप्त हुन सक्छ । अतः होली यस ईश्वरीय आशाको याद दिलाउछ कि होली अर्थात् पवित्र बन्नुहोस् ।

धर्म र आध्यात्मका रूपमा जीवनमा समाहित छ होली

जसरी आत्माको बिना शरीर बेकार छ र त्यसलाई मुर्दा भनेर जलाइन्छ, त्यस्तै नै आध्यात्मको अर्थ सम्झे विना चाडपर्व मनाउनु पनि बेकार नै छ । किनकी हाम्रा सबै चाडपर्वहरू आध्यात्मिक अर्थ सहित छन् । अतः होलीका सन्दर्भमा पनि आध्यात्मिक रहस्यलाई सम्झिनु अति नै आवश्यक छ । किनकी यसको आध्यात्मिक अर्थको आधार लिनाले नै लोक र परलोक अथवा व्यवहार र परमार्थ दुवै सिद्ध हुन सक्छन् ।

होलीको पर्व शिवरात्री पछि नै किन आउँछ ?

आर्यवर्तमा जो पनि पर्व मनाइन्छ त्यसमा एउटा ज्ञान युक्त क्रम अथवा सिलसिला पनि छ । त्यस क्रमको रहस्यलाई पनि जान्नु अति आवश्यक छ । यस क्रममा होलीभन्दा पहिले शिवरात्रीको उत्सव आउँछ । त्यो उत्सव परमपिता परमात्मा शिवको यादमा मनाइन्छ । जस्तै कि शिव नामको अर्थबाट नै सिद्ध हुन्छ कि परमात्मा शिवको अवतरण मनुष्यको कल्याणार्थ नै हुन्छ । उहाँको अवतरणभन्दा पूर्व मनुष्यमा ५ विकारहरूको रंग चढेको हुन्छ । सारा संसारमा अज्ञान रात्रि छाएको हुन्छ । यस्तो समयमा नै सत–चित् आनन्द स्वरूप परमात्मा शिव आएर आफ्नो संगको रंग अर्थात् ज्ञान योगको रंग मनुष्यआत्माहरूलाई प्रदान गर्नु हुन्छ । यसै वृत्तान्तको यादगारमा आजसम्म शिवरात्रिकोपछि नै होली मनाउने गरिन्छ । यसबाट स्पष्ट छ कि ज्ञानको रंगले आत्माको चोलीलाई रंगाउनु नै वास्तविक होली मनाउनु हो ।

माया को रंगत हर मनुष्यमा चढेको छ । अब ईश्वरीय रंगले आत्मालाई रंगाउनु नै होलीको आध्यात्मिक अर्थ हो । परमात्माको संग अथवा ज्ञानको रंग नै वास्तवमा उल्लास भर्नेवाला रंग हो । किनकी जब परमात्मा रंग लगाउछौं तब आत्मा पवित्र रहनेको व्रत लिन्छ । अर्थात् पवित्रताको रक्षा गर्दछ । यसैले होलीको पछि रक्षाबन्धनको पर्व मनाइन्छ । आजभोली होलीका दिन साना ठूला सबै मिलेर एक अर्काको साथमा होली खेल्छन् । यहाँसम्म कि जबरदस्ती पनि रंग लगाउँछन् । वास्तवमा लगाउनु त पर्छ, ज्ञानको रंग तर देह अभिमानी मानिसहरू भौतिकवाद तथा बहिर्मुखताको कारण आध्यात्मिकतालाई तिलान्जलि दिएर भौतिक रंग एक अर्कालाई नराम्रोसँग लगाउँछन् । यस निर्धन देशको करोडौं रूपैयाँको रंग र कपडाहरू विगारिदिन्छन् । यस्तो होलीबाट के लाभ जसमा खेलै खेलमा अनेकौं व्यक्तिहरूको दिल दुखाइन्छ र देशको धन भुखाहरूको भुख मिटाउनेको काममा नआएर धुलोमा मिलेर जान्छ ।

तपाई कुन रंगमा रंगिनु भएको छ ?

ज्ञानी र योगीको दृष्टिमा त यो मनुष्य सृष्टि नै एउटा विराट खेल हो । यो सृष्टिरूपी खेल दोरंगी लीला हो । यस सृष्टिमा दुईटा मात्र रंग छन् । एक मायाको रंग र अर्को ईश्वरको रंग । यस रंगमञ्चमा हर एक मनुष्य यी दुई मध्य एउटा रंगमा त रंगिएको हुन्छ नै । निःसंदेह ईश्वरीय रंगमा रंगिनु लाई श्रेष्ठ होली मनाउनु हो । किनकी यस रंगमा रंगीयको मनुष्य नै योगी हो । मायाको रंगमा रंगीयको मनुष्य भोगी हो । अब हर एक मनुष्य स्वयं आफैलाई सोधोस् कि म कुन चाही रंगमा रंगीएको छु ? मायाको रंगमा वा ईश्वरको रंगमा ? कुसंगको रंगमा वा सत्संगको रंगमा ? ओहो यदि मैले ज्ञानको होली मनाएन भने म आत्माको होली त बेरंगी अथवा फिका नै हुन्छ । तब म आत्मा आफ्नो पिया परमात्माको घरमा कसरी जाउँला ? मंगल मिलन कसरी मनाउँला ?

मंगल मिलन वा जंगल मिलन

आत्माको मंगल मिलन त परमात्माको साथमा मात्र हुन सक्छ । किनकी मंगलकारी त एक परमात्मा नै हुनुहुन्छ । जसलाई शिव भनिन्छ । अतः मंगल मिलनका लागि त ज्ञान रंग चाहिन्छ । तर मंगल मिलनको वास्तविक अर्थलाई नजान्नको कारणले नै आजभोलीका मानिसहरू होलीको दिनमा एक अर्काको माथी गुलाल र अबीर हालेर गला लाग्छन् । के यसलाई मंगल मिलन भन्न सकिन्छ ? मंगल मिलन त तब मात्र हुन्छ जब व्यक्तिका हृदयहरू शुद्ध हुन र उनीहरू एक अर्काका प्रति द्वोष, ईर्ष्या इत्यादि समाप्त गरेर एकले अर्कालाई भाई भाई सम्झेर यसरी मिलुन कि भेदभाव र अमंगल हुदै नहोस् । तर आज त हामीहरू खुब होली मनाउछौं तर आज व्यवहारमा त मानिसहरू जंगल मिलन नै मनाइरहेका छन । कसरी जंगल मिलन नै मनाइरहेका छन जसरी जंगलमा हिंसक पशुहरू एक अर्कालाई देख्ने वित्तिकै झपट् मार्छन् ।

त्यस्तै नै आज अनुशासन खतम भइसकेको छ । र अब त जंगलको विधान नै लागु छ । यी सबै स्थूल रंगहरूले वा गुलाल र अबीरले मंगल मिलन मनाउनु कसरी ठीक होला । तपाईलाई थाहा छ कि हिजो सम्म चिनी, हिन्दी एक अर्कालाई भाई भाई भन्ने गर्थे तर आज एक अर्काका रगतका प्यासा बनेका देखिन्छन् । रगतले एक अर्काको चोली रंगाउनमा तयार देखिन्छन् । आज यस देशमा भाष भेद, प्रान्त भेद, पार्टी भेद, मतभेद, इत्यादि कति धेरै भेद छन र त्यसले गर्दा कति परस्पर सम्बन्ध विच्छेद भएको छ । जसरी यी भेदहरू बढ्दै गइरहेका छन यसबाट त यस्तो लाग्छ कि एक दिन रगतको होली खेलिनेछ, जसको वर्णन महाभारतमा कौरव युद्धको रूप आउँछ । अब आफै सोच्नुहोस् कि स्थूल रंगले मंगल मिलन अथवा होली मनाउनुको कुनै अर्थ छ ?

होली कसरी मनाउने ?

यसैले हामी भन्छौं कि अहिले पनि समय छ कि मनुष्य, ज्ञान रंगद्वारा आफ्नो हृदयलाई प्रभुको रंगमा रंगाओस् र यस्तो होली ईश्वरीय मर्यादाको नै हुन्छ । स्थूल रंगवाला होलीमा लडाईं–झगडा नै अधिक हुन्छ । स–साना बालकहरू पनि ठूला बढाहरूको इज्जतसँग खेल्छन् । ठूला बढाको पगडी समेत उतार्न बेर लाउदैनन् । ठूला बडाहरू पनि एक अर्काको माथी किचडा उछाल्न बेर लाउदैनन् । एक अर्कालाई गाली गलैच पनि गर्छन् । कस्तो बिडम्बना छ कि आज यस्तो पावन पर्वलाई मानिसले कसरी दंगाफसादको पर्व बनाइ दिएका छन् । थोरै समय पुर्व सम्म हाम्रो देशमा कुनै कुनैं शहररूमा यो रिवाज चलि आएको थियो कि होलीको दिनमा नगरमा देवी देवताहरूको स्वांग निकालिन्थ्यो, स्वांग गर्नेहरूको मुहारमा पाउडर र अभ्रक लगाएर देवताहरूको मुहारलाई धेरै राम्रो र तेजोमय प्रदर्शित गर्नेको प्रयत्न गरिन्थ्यो । देवताहरूको स्वांग गर्नेहरूको मस्तकहरूमा मुकुटको विचमा मृकुट्टीको स्थलमा साना साना बल्बहरू लगाइएको हुन्थे जुन देवताहरूको आत्माहरूको जागृतिको सुचक मानिन्थ्यो । यो स्वांग नगरका प्रमुख गल्लीहरूमा बाटाहरूमा घुमाइन्थे । यस जलुसमा देवता बन्नेहरू कतै कतै नाच्दै गरेको पनि देखाइन्थ्यो । जुलुस तथा सवारीहरूमा सबैभन्दा अगाडी बैलमा शिवको सवारी हुन्थ्यो । यस प्रकार होली मनाएर मानिसहरू देवताहरूको निरोगी, तेजोमय आकृतिहरू उल्लासपूर्ण जीवन इत्यादिका झाँकिहरू आफ्ना सम्मुख ल्याउँथे ताकी आफ्नो जीवनमा लक्ष्यको झलक आँखाको सम्मुख आओस् र एकपटक फेरी आफ्ना पूर्वजहरू एवं पूज्यहरूको याद पनि आओस् ।

यो सवारी अथवा जुलुस यसै रहस्यको स्मारक थियो कि जब परमपिता शिव यस सृष्टिमा आउनुहुन्छ तब उहाँके पछि पछि देवी देवताहरूको जमाना आउँछ । भले यस रीतिले होली मनाउनु राम्रो थियो, तर आज हामी किन न यस्तो होली मनाउ कि स्वांगको स्थानमा सतयुगका साक्षात् देवी देवताहरूको जमाना फेरी फर्कियोस् र सबैको आत्मा बल्बको समान जागोस् वास्तवमा यस्तो होली नै परमार्थिक होली हो जुन एक बार मात्र खेल्नाले मनुष्यको जन्म जन्मान्तर मंगल मिलन हुन्छ । तर आज जो लोग उपयुक्त रीतिबाट वास्तविक होली मनाउँछन्, उनका बारेमा मनिसहरू भन्दछन् –अरेरे यिनीहरू कुनै होली थोडै न मनाइरहेका छन् । उनीहरूको यो कुरा सुनेर नै कबीरको यो दोहा याद आउँछ । रंगीको नारंगी कहे बना दूधका खोया, चलती को गाडी कहे देख कबीरा रोया । संसारमा त उल्टा चाल नै छ । यदि तपाईहरू वास्तविक होली मनाउनु हुन्छ भने भन्नेछन् यसबारे होली फीका भयो । र यदि नगरमा दंगाबाजी भयो भने तब सम्झिने छन् कि यस बार होली राम्रो भयो । तर उनीहरू जान्दैनन् कि द्वापर र कलियुगको गुलाल अबीरको होली त संगमको वास्तविक होलीको यादगार हो जो कि ज्ञान रंगमा खेलिएको थियो ।

होली संगमको त्यौहार हो

होलीको त्यौहार कलियुगको अन्त र सतयुगको आदिको संगमको याद दिलाउँछ । किनकी तब नै परमपिता परमात्मा शिव अवतरित भएर ज्ञानको होली खेल्नु भयो र आत्माहरूले उहाँको साथमा मंगल मिलन मनाए । हिरण्यकश्यपको वृत्तान्त लाक्षणिक रूपमा संगम कालमा नै घटीत भएको मान्न सकिन्छ । हिरण्यकश्यपका बारेमा यो कुरा त प्रसिद्ध छ कि उसलाई वरदान मिलेको थियो । कि भित्र नमरू, बाहिर नमरू, न दिन हो, न रात यो कुराले संगमको याद दिलाउँछ । किनकी सतयुग र त्रेतायुगलाई ब्रह्माको दिन र द्वापर र कलियुगलाई ब्रह्माको रात भनिन्छ । दुबैको संगमलाई नत दिन न राात्रि भनिन्छ । अतः वर्तमान समय परमपिता शिव परमात्माबाट हामीलाई प्रैक्टिकल रूपमा ज्ञानको होली र मंगल मिलन मनाइरहेका छौं किनकी अब संगमयुग चलिरहेको छ । तर यस रहस्यदेखि अनभिज्ञ मानिसहरू स्थूल रंगको होली मनाएर समय, धन, बस्त्र, र शक्ति व्यर्थ गुमाइरहेका छन् र जंगल मिलन मनाइरहेका छन् ।

होलीलाई होलीका रूपमा मनाऊँ

अब हामीले भगवानका अनुसार आपसी शत्रुता र द्वेषलाई मिटाएर आपसमा जे पनि अनुचित कुरा भइसकेको छ त्यसलाई हिन्दी भाषाको होली सम्झेर होली मनाउनु पर्छ । यस्तो होली मनाउनाले यथार्थ मंगल मिलन हुन्छ ।

ओम् शान्ति ।

(लेखक ब्रह्माकुमारीज राप्ती क्षेत्रका सचिव हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार