‘बिहे पास’को छायांकन सुरु

चैत्र १३, २०७७  | २१४ पटक पढिएको

१३ चैत्र, काठमाडौं ।

फिल्म ‘बिहे पास’ को छांयाकन आजबाट सुरु भएको छ। फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको छ ।

निर्देशक प्रवेश पौडेलले फिल्मको शुभ मुहर्त गरेको र समाजिक सञ्जाल मार्फत छायांकन सुरु भएको जानकारी दिएका हुन् ।

फिल्म ‘होस्टेल’ बाट चर्चा कमाएकी प्रकृतिले यस फिल्ममार्फत कमब्याक गरेकी हुन्। प्रकृति फिल्मको छायांकनकै लागि अस्ट्रेलियाबाट नेपाल आएकी हुन्।

रोहित कट्टेलको प्रस्तुति रहेको बिहे पास’मा कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा छन्। फिल्ममा आकाश बराल, सजन काफ्ले र मर्रे केरको लेखन रहेको छ।

सामाजिक र कमेडी जनरामा बन्न लागेको फिल्मको छायांकन विराटनगर तथा पूर्वका जिल्मामा हुनेछ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार