२०७९ साउन ३१, मंगलबार

भलिबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम सुरु

चैत्र ०९, २०७७  | ५५७ पटक पढिएको

तिर्थराज ज्ञवाली, ०९ चैत्र, सिसहनिया(देउखुरी दाङ) ।

राप्ती गाउँपालिकाको वडा नं ७ मा भलिबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम सुरु भएको छ । वडाको वार्षिक कार्यक्रम अन्तर्गत युवा क्वल स्तरीय भलिबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम सुरु गरिएको हो ।

सोमबार एक कार्यक्रमका बिच राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले खेलकुद प्रतियोगिताको उद्घाटन गरेका हुन् । वडा नं ७ अन्तर्गतका ८ पुरुष खेलाडि तथा ३ महिला भलिबल टिमको सहभागिता रहेको भलिबल प्रतियोगिता भोलीसम्म चल्ने छ ।

भलिबल प्रतियोगिताको बिजेता टिमलाई सम्मान गर्ने अवसर पारेर स्थानीय कला, संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम गरिने वडा अध्यक्ष विद्याशरण चौधरीले जानकारी दिए ।

कार्यक्रममा वडा नं ६ का वडा अध्यक्ष बेद प्रसाद चौधरी, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, वडा सदस्य भिमलाल चौधरी, शान्ति चौधरी, टोल विकास सस्था अध्यक्ष रामपति चौधरी लगायतले स्थानीय कला संस्कृतिको संरक्षण गर्न आग्रह गरे ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस