२०७९ माघ २१, शनिबार

डडेलधुरामा बस दुर्घटना हुँदा ६ को मृत्यु, २५ जनाभन्दा बढी घाइते

बैशाख ११, २०७६  | ८८३ पटक पढिएको

११ वैशाख, डडेल्धुरा / धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस भिमदत्त राजमार्गको गन्यापधुरा गाउँपालिका–१ साहुखर्कमा दुर्घटनामा हुँदा ६ जनाको मृत्यु भएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । २५ जनाभन्दा बढी घाइते भएका छन् ।

बस बुधबार बिहान पौने ५ बजेतिर सडकबाट अन्दाजी २ सय मिटर तल खसेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले घटनास्थलबाट जानकारी दिए ।

घाइतेहरुलाई उद्धार गरी उपचार गर्न उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगिएको छ । साभार अनलाइनखबरबाट

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस