२०७९ साउन ३१, मंगलबार

अन्तर विद्यालय स्तरीय एथलेटिक्स प्रतियोगिता हुने

चैत्र ०८, २०७७  | ४५० पटक पढिएको

लक्ष्मण बस्नेत, ०८ चैत, तुलसीपुर दाङ ।

दाङको तुलसीपुरमा दाङ जिल्ला अन्तर विद्यालय स्तरीय एथलेटिक्स प्रतियोगिता २०७७ हुने भएको छ । दाङ जिल्ला एथलेटिक्स संघको आयोजनामा सञ्चालन गर्न लागेको प्रतियोगिता यही चैत २८ गते बेललझुण्डी रंगशालामा हुुनेछ ।

सबै खेलले मदर खेलकोरुपमा लिने एथलेटिक्स खेलको विकास र विस्तार गर्दै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको दाङ जिल्ला एथलेटिक्स संघका अध्यक्ष गीता बस्नेत राईले जानकारी दिइन् ।

प्रतियोगितामा जिल्लामा स्थापित निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत २० वर्ष मुनि उमेर समूहका छात्र÷छात्राको सहभागिता रहनेछ ।

एक दिने प्रतियोगितामा ट्रयाक तर्फ १००, २००, ८०० मिटर दौड र फिल्ड तर्फ सटपट र लङजम्प गरि ५ वटा ईभेन्ट्समा कडा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा बिजेता, उपबिजेता र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई ट्रफी तथा खेलाडीलाई नगद पुरस्कार, मेडल, प्रमाणपत्र प्रदान गरिने संघका सचिव लक्ष्मण बस्नेतले जानकारी दिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस