२०७९ माघ २६, बिहीबार

मापसे चेकिङ गर्न ब्रेथलाइजर मेसिन

बैशाख १०, २०७६  | १०२४ पटक पढिएको

– सुरेश श्रेष्ठ
१० बैशाख, दाङ / तुलसीपुरमा अब मापसे चेकिङ गर्न ब्रेथलाइजर मेसिन प्रयोग हुने भएको छ । यसका लागि वडा नम्बर ५ ले ट्राफिक प्रहरी कार्यालय तुलसीपुरलाई अत्याधुनिक ब्रेथलाइजर मेसिन प्रदान गरिसकेको छ ।

मादक पदार्थ सेवन गरि सवारीसाधन चलाउँदा हुने दुर्घटना न्युनिकरण गर्न ब्रेथलाइजर ट्राफिक प्रहरीलाई दिइएको वडा अध्यक्ष वीरेन्द्र शाहले जानकारी दिए ।

दाङ ट्राफिक प्रमुख प्रहरी निरिक्षक मदन कुँवरले विगतमा मेसिन नहुँदा मापसे चेक गर्न ट्राफिकलाई समस्या अब हटेको बताए । वडा नम्बर ५ ले १ लाख २५ हजार रूपैयाँमा ब्रेथलाइजर मेसिन खरिद गरेको हो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस