२०७९ साउन ३१, मंगलबार

थ्री नेसन्स कप फुटबलः नेपालले किर्गिस्तानसँग खेल्ने

चैत्र ०४, २०७७  | ४६२ पटक पढिएको

०४ चैत्र, काठमाडौं ।

दशरथ रंगशालामा हुने तीन देशबीचको मैत्रीपूर्ण सिरिजमा नेपालले पहिलो खेल किर्गिस्तानसँग खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल, बंगलादेश र किर्गिस्तानबीच हुने थ्री नेसन्स कप मैत्रीपूर्ण फुटबलको खेल तालिका सार्वजनिक गर्दा नेपालले पहिलो खेल किर्गिस्तानसँग परेको हो ।

पहिलो खेलमा बंगलादेश र किर्गिस्तानबीच १० चैतमा प्रतिस्पर्धा हुनेछ । १२ चैतमा नेपालले किर्गिस्तानसँग खेल्नेछ । १४ चैतमा नेपालले बंगलादेशसँग खेल्नेछ । फाइनल १६ चैतमा हुने छ ।

शीर्ष दुई टोली फाइनल खेल्नेछन् । विश्वकप छनोटअन्तर्गत तय भएको अस्ट्रेलियाविरुद्ध खेल स्थगित भएपछि दशरथ रंगशालामा सोही समयमा नेपालले यस मैत्रीपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगितामा नेपाल र बगंलादेशको राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्ने भए पनि किर्गिस्तानको २३ वर्षमुनिको टोलीले खेल्नेछ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस