२०७९ जेठ २, सोमवार

सरकारले नेपालमा फाइभजी परीक्षण गर्ने

चैत्र ०३, २०७७  | ३३३ पटक पढिएको

०३ चैत्र, काठमाडौं ।

सरकारले नेपालमा फाइभजी सेवा परीक्षण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको अध्यक्षतामा रहेको फ्रिक्वेन्सी नीति निर्धारण समितिको हालैको बैठकले यस्तो निर्णय गरेको हो ।

आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट तयार पार्न सूचना तथा प्रविधि क्षेत्रका सरोकारवालासँग मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री गुरुङले फाइभजी सेवाको बाटो खुलेको जानकारी दिए ।

केही साताअघि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले गरेको सिफारिसमा समितिले फाइभजी परीक्षणको निर्णय लिएको हो । फाइभजीका लागि फ्रिक्वेन्सी ब्याण्ड समेत तय गरिएको छ ।

सेवाप्रदायकहरुले दूरसञ्चार सेवाका लागि तय गरिएका फ्रिक्वेन्सी ब्याण्डमा प्रविधि तटस्थताको आधारमा फाइभजी फ्रिक्वेन्सी निर्धारण गरिएको छ । यद्यपि परीक्षणका लागि भने सेवाप्रदायक कम्पनीहरुलाई निःशुल्क रुपमा फ्रिक्वेन्सी उपलब्ध गराइनेछ ।

परीक्षण अवधिमा सेवाप्रदायकले ग्राहकबाट फाइभजी सेवको शुल्क लिन पाउने छैनन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस