२०७९ माघ १७, मंगलबार

अभिनेता सन्नी देवल भाजपामा प्रवेश, पञ्जाबबाट चुनाव लड्ने

बैशाख १०, २०७६  | १४१९ पटक पढिएको

१० वैशाख, काठमाडौं / भारतमा लोकसभा चुनाव जारी रहँदा अभिनेताहरु नेता बन्ने सिलसिलालाई सन्नी देवलले निरन्तरता दिएका छन् । उनी मंगलबार औपचारिकरुपमा भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरे ।

दिल्लीमा आयोजित एक कार्यक्रममा संघीय मन्त्री निर्मला शितारमन र पियूष गोयलले उनलाई पार्टीमा भित्र्याएका थिए । उनलाई भाजपाले पञ्जाबको गुर्दासपुर निर्वाचन क्षेत्रबाट चुनाव लडाउने सम्भावना छ । भाजपाले पञ्जाब–अमृतसर, गुर्दासपुर र होसियारपुरमा उम्मेदवार घोषणा गरेको छैन ।

देवलले गत शुक्रबार पुनेमा भाजपा अध्यक्ष अमित शाहसित भेट गरेका थिए । त्यस भेटमा उनले आफूलाई चुनावमा उठाउन आग्रह गरेका थिए । शाह सहमत भएपछि देवल पार्टी प्रवेश गरेको भारतीय मिडियाले जनाएका छन् ।

पञ्जाबको लोकसभा चुनावमा भाजपाले शिरोमणी एकाली दलसित गठवन्धन गरेको छ । तीन लोकसभा सिटमध्ये ३ वटामा भाजपा उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस