२०७९ माघ १३, शुक्रबार

विकट बस्तीमा टोल टोलमै गई सामाजिक सुरक्षा भत्ता वितरण

बैशाख १०, २०७६  | १२०५ पटक पढिएको

– तिर्थराज ज्ञवाली
१० बैशाख, थकरीकोट (देउखुरी दाङ) / राप्ती गाउँपालिका का वडा नं ५ को विकट बस्तीमा टोल टोलमै गई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
चालु आर्थिक वर्ष २०७५।७६ को दोस्रो चौमासिक अन्तरगतको सामाजिक सुरक्षा भत्ता बैकको टोली सहित विकट बस्ती पुनखोला, थकरीकोट, करङगेमा टोल टोलमै गई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

एन आई सी बैक सिसहनियालाई सामाजिक सुरक्षा भत्तापाउने नागरिकलाई घर दैलोमै गएर भत्ता वापतको रकम वितरण गर्न अनुरोध गरिएको र बैकले सहजै स्वीकार गरि कर्मचारी टोली गै २४ जना नागरिकलाई सुरक्षा भक्ता वितरण गरिएको वडा नं ५ का वडा अध्यक्ष गोवर्धन रावतले बताउनु भएको छ ।

वडा नं ५ को विकट बस्ती मानिने पुनखोला, थकरीकोट, करङगेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकहरुलाई सहज होस भनि बैक संगको सहकार्यमा वडाका कर्मचारी तथा बैकका कर्मचारीहरुद्वारा सामाजिक सुरक्षा भक्ता वितरण गरिएको वडा नं ५ का वडा सचिव शेर बहादुर हमालले जानकारी दिनुभएको छ ।

जेष्ठ नागरिक १२ जना, विद्युवा १० जना र अति अशक्त्त २ जना लाई टोल टोलमै गई सामाजिक सुरक्षा भक्ता वितरण गरिएको र आगामी दिनमा विकट तथा सुगम स्थानका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई घरघरमै सेवा पुराउन बैक लागिरहेको टोलीमा खटिएका एन आई सी बैक सिसहनियाका निमीत्त शाखा प्रमुख कमल अर्यालले जानकारी दिनुभएको छ ।

पछिल्लो समयमा नेपाल सरकारले बैक मार्फत सामाजिक सुरक्षा भक्ता दिने निर्णय गरेपछि असक्त्त, बृद्धहरुलाई समस्या परिरहेको अवस्थामा पुनखोला, थकरीकोट, करङगेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई वडा नं ५ र एन आई सी बैक सिसहनियाको सहकार्यमा टोल टोलमै गई सामाजिक सुरक्षा भक्ता वितरण गरिएको हो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस