२०७९ साउन ३१, मंगलबार

वान डे क्रिकेटमा ७ हजार रन बनाउने पहिलो महिला बनिन् मिताली

चैत्र ०१, २०७७  | ३२७ पटक पढिएको

०१ चैत्र, काठमाडौं ।

भारतको महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान मिताली राज एकदिवसीय क्रिकेटमा ७ हजार रन बनाउने विश्वकै पहिलो महिला खेलाडी बनेकी छिन्।

आइतबार लखनउमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा ३८ वर्षकी मितालीले यो उपलब्धि हासिल गरेकी हुन्।

मितालीले आइतबार २१३ औं एकदिवसीय क्रिकेट खेलेकी हुन्। यसअघिको खेलमा मितालीले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो १० हजार रन पुरा गरेकी थिइन्।

१० हजार रन बनाउने मिताली विश्वकै दोस्रो खेलाडी हुन्।

बीबीसी

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस