जनतालाई धम्काएर विकास नगरः पूर्बमन्त्रि वोहरा

फागुन २२, २०७७  | ३३१ पटक पढिएको

२२ गते बुटवल,


जनताको उचित मागका विषयमा गंम्भिर नभई औद्योगिक करिडोर निर्माण गर्ने क्रममा मोतिपुर, शुद्धोधन र सियारीका जनताको मागको उचित सम्वोधन नगरी जवरजस्तीढङ्गबाट जनतालाइ धम्काएर गरिएको विकासको कुनै औचित्य नहुने वताउनु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पाटिका वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक वोहराले एक प्रेस विज्ञप्ती जारी गर्दे उक्त कार्य प्रति ध्यानाकर्षण भएको वताउनु भएको छ ।

विज्ञप्तीमा भनिएको छ – ‘रुपन्देही जिल्लामा औद्योगिक करिडोर निर्माण गर्ने रुपन्देहीलाई औद्योगिक क्षेत्र घोषणा गरि समृद्धि जिल्ला बनाउने हामी सबैको चाहना हो । वुटवल उपमहानगरपालिका वडा नं.१७, १८ मोतिपुर, शुद्धोधन गाउँपालिका वडा नं. ३ र सियारी गाउँपालिका वडा नं.७ मा बिगत लामो समयदेखि विना लालपुर्जामा वसोवास गर्दै आएका किसानहरुलाई लालपुर्जा दिनुपर्ने अवस्थामा,पीडित जनताको सहमति विपरित मोतिपुर औद्योगिक करिडोर शिलान्यास गर्ने कार्यप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ।’

साथै, मोतिपुर, शुद्धोधन र सियारीका जनताको फरक मत हुदाहुदै सरकार पक्षबाट सुरक्षाबल प्रयोग गरि जवरजस्ती ढङ्गले शिलान्यास गर्ने प्रयास बाट उत्पन्न झडपमा परि घाइते हुनुभएका स्थानीयवासी र सुरक्षाकर्मीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै स्थानीयवासीको चाहना विपरीत गर्न खोजिएको विकास दीर्घकालीन र जनताको हितमा नहुने भएकोले पीडितका मागलाई सम्बोधन गरेर मात्र बिकासका कार्यमा अग्रसरता हुन सरकारलाई आग्रह गर्दछु।’विज्ञप्तीमा भनिएको छ ।’

प्रतिक्रिया दिनुहोस