२०७९ माघ २६, बिहीबार

शान्ति, समृद्धि र विकासका लागि काङ्ग्रेसको भूमिका महत्त्व

बैशाख ०९, २०७६  | १११२ पटक पढिएको

९ बैशाख, तुलसीपुर (दाङ) / शान्ति समृद्धि र विकासका लागि काँग्रेसको भूमिका महत्वपूर्ण रहेको सहभागीहरुले बताएका छन् । जिपि कोइराला फाउण्डेशन तुलसीपुर नगर समितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागीहरुले आन्तरिक कलहका कारण काँग्रेसले पराजय भोग्दा अहिले देशको यस्तो अवस्था आएको बताएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तथा फाउण्डेशन प्रदेश नं. ५ का सदस्य केशव आचार्यले काँग्रेसलाई बलियो बनाउन सबै एक हुनुपर्ने बताए । आचार्यले गिरीजाप्रसाद कोइरालाको त्यागका कारण देशमा परिवर्तन आएको बताए । उनले टपटावरका नेता स्वर्गीय कोइरालाको नाममा खोलिएको फाउण्डेशले आर्थिक सामाजिक क्षेत्रमा काम गर्ने भन्दै फाउण्डेशनका कार्यहरुलाई जनस्तर सम्म लैजान सवैले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस दाङका पूर्व जिल्ला सभापति घनश्याम रेग्मीले काँग्रेसलेनै देशमा शान्ति समृछि र विकाश गर्ने भन्दै सबै जना काँग्रेसको संगठनलाई बलियो बनाउन लाग्नुपर्ने बताए । त्यसैगरी सविधान सभाका सदस्य पूर्व संसाद वुद्धिराम भण्डारीले काँग्रेस कम्जोर हुनुमा कार्यकर्ताको दोस नभई टपलेवलका नेताहरुको दोस भएको बताए । ‘काँग्रेस कमजोर हुनुमा नेताहरुकै दोस छ, यो मेरो मान्छे, त्यो फलानको मानिस भन्ने गरेकाले पार्टी कमजोर भएको हो’– उनले भने ।

कार्यक्रममा नेपाली काँग्रेस दाङका सदस्य सुरेन्द्रबहादुर खड्काले फाउण्डेशन सिद्ध सामाजिक संस्था बनाएर यसले सबैलाई समेटनुपर्ने बताए । कार्यक्रममा सहभागी नेता कार्यकर्ताहरुले काँग्रेसको बलियो प्रतिपक्ष भएपनि भूमिका कमजोर भएको गुनासो गरेका थिए । ‘अहिलेको अधिनायकवादले चरम सिमा नाग्दैछ, अब पनि काँग्रेस एक भएर लागेन भने के हुने हो थाहा छैन्’– काँग्रेका नेता प्रकाश देवकोटाले भने । त्यसैगरी अर्का नेता घनश्याम शेरपाइलीले स्थानीय तह देखि केन्द्र अहिले अस्थव्यस्थ रहेको भन्दै काँग्रेसको भूमिका कम्जोर भएको बताए । त्यस्तै नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीले जिपि फाउण्डेशनमार्फत सामाजिक आर्थिक रुपान्तरण गर्न तर्फ फाउण्डेशन लाग्नुपर्ने बताए । उनले काँग्रेसका तत्कालिन सभापति कोइरालले देशलाई निकास दिन धेरै योग्दान दिएको बताएका थिए । कार्यक्रममा जिपि फाउण्डेशन दाङका अध्यक्ष खगराज पाण्डले जिपि फाउण्डेशन विशुध नाफारहित सामाजिक संस्था रहेको भन्दै यसले प्रादर्शितालाई भने ख्याल गर्ने बताए ।

कार्यक्रममा काँग्रेसका नेता शंकर गिरी, फाउण्डेशनका सचिव कृष्ण गौतम, कोषाध्यक्ष देवेन्द्र रिजाल, नेपाली काँग्रेसका जिल्ला सदस्य तारा कार्की, सुरेन्द्रबहादुर खड्का, जोगेन्द्र विश्वकर्मा, नेत्र ज्योति संघका सभापति कृष्णकुमार गिरी वडा नं. ७ का अध्यक्ष टोपबहादुर केसी, वडा नं. ९ का अध्यक्ष घनश्याम ढकाल, ५ का अध्यक्ष विरेन्द्र शाह, १० का अध्यक्ष कुमार लामिछाने, महासमिति सदस्य चेतबहादुर सेरपाइली, फल्कुदत्त भण्डारी, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका अध्यक्ष जनकप्रसाद खराल, फाउण्डेशन दंगीशरण गाउँपालिका अध्यक्ष सम्भु गिरी, शान्ति नगरका अध्यक्ष नरेश डाँगी, नगरका सल्लाहकार यमराज आचार्य, दिपेन्द्र चापागाई, गिता पौडेल, कुम्भकुमारी अधिकारी, प्रेमबहादुर केसी, घनश्याम सेरपाइली, लिलाधर लम्साल, जगतबहादुर थापालगायतले बोलेका थिए ।

नगर समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मुक्ति न्यौपानेले व्यक्तगरेका थिए भने कार्यक्रमको सहजीकरण सचिव निमबहादुर केसीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस