खुल्ला पुरुष भलिबलको उपाधि रुकुम पश्चिमलाई

फागुन २०, २०७७  | ३०९ पटक पढिएको

२० फागुन, दाङ ।

नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा तुलसीपुर अरनिको मैदानमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको बुधबार सम्पन्न भएको छ ।

प्रतिस्पर्धात्मक फाइनलमा डल्फिल फिड कैलालीलाई ३–२ को सेटमा पराजित गर्दै पश्चिम रुकुमले उपाधि जितेको हो । जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार राशीको खुला भलिबल प्रतियोगिता–२०७७ को उपाधि पश्चिम रुकुमले हात पारेको हो ।

उक्त फाइनल खेलमा पश्चिम रुकुमले कैलालीलाई २७–२५,२२–२५,१५–२५,२५–१९,१५–१ ले हराएको हो । दुवै टिममा राष्ट्रिय खेलाडीको वर्चस्व रहेकाले फाइनल खेल निकै कडा प्रतिष्पर्धा र रोमाञ्चक भएको थियो ।

च्याम्पियन पश्चिम रुकुले उपाधिसँगै नगद एक लाख, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छ भने उपिवेजता कैलालीले नगद ५० हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

सबैका लागि खेलकुद ,खेलकुदमा नयाँ संरचना र आमूल परिवर्तन भन्ने मुल नाराका साथ स्थानीय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पुर्‍याउने उदेश्यले आयोजना गरिएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

यस्तै रुकुम पश्चिमलाई च्याम्पियन बनाउन योगदान गरेका विशाल विक प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

बेस्ट क्वीकर पश्चिम रुकुमका महेन्द्र चौधरी, बेस्ट डिफेन्डर डल्फिन कैलालिका राजन दर्लामी मगर, बेस्ट ब्लकर कैलाली कै हेमन्त मल्ल, बेस्ट स्पाईकर दुर्गाबहादुर सुनार, बेस्ट कोच डल्फिन कैलालीका ज्ञानेन्द्र विष्ट घोषित भएका छन् । राइजिङ प्लेयर पीवाईसी रुकुमका दिनेश बाठा घोषित भएका छन् ।

प्रतिक्रिया दिनुहोस