सुनको भाउः तोलामा एक हजारले घट्यो

फागुन २०, २०७७  | ३५७ पटक पढिएको

२० फागुन, काठमाडौं ।

नेपालको बजारमा आज सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। बिहीबारका लागि स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले घटेको हो।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार पाँच सय रूपैयाँ तोकिएको छ। बुधबार सुन प्रतितोला ८७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यसैगरी, आज तेजाबी सुनको भाउ प्रतितोला ८६ हजार ५० रूपैयाँ कायम भएको छ।

सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। चाँदीको मूल्य तोलामा एक हजार दुई सय ८५ रूपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला एक हजार तीन सय १५ रूपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस