स्वस्तिमा खड्का साउथ इन्डियन फिल्ममा इन्ट्री

फागुन १७, २०७७  | २९९ पटक पढिएको

अभिनेत्री स्वस्तिमा खड्का मलयालम फिल्म ‘थिरिमली’मा अनुबन्ध भएकी छ्न । ‘थिरिमली’ सामाजिक विषयमा आधारित एक ड्रामा जन्राको फिल्म हो ।

यसमा राजीव सेट्ठीको निर्देशनमा बन्दै गरेको फिल्ममा विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन बोलगाट्टी, हरेस कनारान, आना रेश्मालगायत कलाकारहरूको अभिनय रहनेछ । केही महिनाअघि फिल्मको एक मोसन टिजर सार्वजनिक गरिएको थियो । टिजरमा नेपालको धार्मिक स्थल स्वयम्भूनाथलाई देखाइएको थियो ।

फिल्मको पोस्टर र टिजर हेर्दा यो फिल्म बुद्ध धर्मावलम्बीहरूको विषयमा आधारित हुन सक्ने अनुमान गर्न सकिन्छ । फिल्मको आधाभन्दा बढी छायाङ्कन नेपालमै गरिने निर्माण टिम बताउँछ । ‘एञ्जल मारिया सिनेमाज’को ब्यानरमा निर्माण हुने यो फिल्ममा नेपाली फिल्म निर्माण कम्पनी अनन्या फिल्मसको पनि सहकार्य रहने बताइएको छ । अनन्या फिल्मसले यसअघि नेपाली फिल्म ‘सम्बोधन’ र ‘ग्या’ङ्गस्टार ब्लुज’ निर्माण गरिसकेको छ ।

फिल्ममा नेपाली कलाकारको पनि अभिनय रहने वा नरहनेसम्बन्धी अहिले निर्माण पक्षले केही आधिकारिक जानकारी दिएको छैन । स्रोतका अनुसार फिल्म ‘थिरिमली’मा नेपाली कलाकार स्वस्तिमाका अलावा माओत्से गुरुङ र केही थिएटर कलाकारहरूको पनि अभिनय भने रहनेछ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार