२०७८ सालमा तीन वटा दशैँ

फागुन १७, २०७७  | ३५९ पटक पढिएको

१७ फागुन, काठमाडौं ।

वि.सं. २०७८ मा तीनवटा दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख ७ गते मंगलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

यसैगरी वि.सं. २०७८ को चैत २६ गते शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको छ । बडादशैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैँ आगामी वर्ष असोज २१ गते बिहीवार घटस्थापना गरेर शुरु हुने भएको छ ।

असोज २७ गते बुधवार महाअष्टमी, असोज २८ गते बिहीवार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ ।

चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दशैँलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँछन् । यस वर्ष वि.सं. २०७७ असोजमा मलमास (अधिकमास) परेकाले वि.सं. २०७८ मा तीन वटा दशैँ परेको छ ।

प्रतिक्रिया दिनुहोस