स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने प्रचण्ड–नेपाल समूहको निर्णय

फागुन १७, २०७७  | १०४ पटक पढिएको

फागुन १७ गते, काठमाडौं,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभा अधिवेशनमा प्रस्तुत हुने रणनीति तय गर्न बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पार्टीको आधिकारिकता दिन निर्वाचन आयोगमा बुझाएको निवेदनबारे यथाशीघ्र निर्णय लिन समेत सचिवालय बैठकले आग्रह गरेको छ । यसअघि प्रचण्ड–नेपाल समूहले गरेका निर्णयलाई समेत आयोगले अभिलेखीकरण गरेको थिएन ।

सर्वोच्च अदालतको आदेश अनुसार प्रतिनिधिसभा अधिवेशन फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गर्न सोमवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस