तुलसीपुरबाट ब्राउनसुगरसहित एक महिला पक्राउ

फागुन १६, २०७७  | १७५ पटक पढिएको

तुलसीपुर, १६ गते,

दाङको तुलसीपुरबाट ब्राउनसुगरसहित एक महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ५ की तुलसा पोखरेल रहेको प्रहरीले जनाएको छ ।

उनलाई जिप्रका दाङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका ५ स्थित उनकै घरबाट २ ग्राम २६ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

उनी पक्राउ परेको इप्रका तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहले पुष्टि गरेका छन् । पोखरेललाई इप्रका तुलसीपुरको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस