दाङमा भित्रियो विएस ६ र एफआई प्रविधिको अटो रिक्सा

फागुन १५, २०७७  | २१३ पटक पढिएको

१४ फागुन, तुलसीपुर ।
दाङमा विएस ६ र एफआई प्रबिधिको अटो रिक्सा भित्रिएको छ । तुलसीपुर स्थित बजाजको आधिकारिक सोरुम संयम इन्टरप्राइजेजले नयाँ तीन पाङ्ग्रे बजाजको अटो बजारमा ल्याएको हो ।

जसमा उच्चतम पावरका साथै तान्ने शक्ति पनि उच्च रहेको सञ्चालक गेहेन्द्र पौडेलले बताए । उनका अनुसार माइलेज पनि उच्च, नयाँ ड्यास बोर्डमा एफएम तथा एमपी थ्री जडान, आरईमा धेरै स्टाईलिस् फिचरहरु रहेका छन् । साथै यात्रुकालागि ढोका र पछाडी हेर्ने ऐन ठूलो भएको, फुट रेष्ट पनि रहेको छ । जुन अटो रिक्साको मूल्य ६ लाख ४० हजार रहेको छ ।

साथै बीमा तथा बैंकका किस्ता र एक्स्चेन्जको समेत सुविधा रहेको उनले बताए । उक्त अटो रिक्साको यातायात व्यबस्था कार्यालय दाङका प्रमुख रविन्द्र केसी, ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्र केसीले उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस