२०७९ माघ २६, बिहीबार

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बैशाख ०९, २०७६  | ११०२ पटक पढिएको

९ वैशाख, तनहुँ / बसको ठक्करबाट आज तनहुँमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा साविक कास्की पुम्दीभुम्दी–१ निवासी ३१ वर्षीय सन्दिप कुँवर रहेका छन् ।

बसको ठक्करबाट गम्भीर घाइते कुवँरको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । पोखराबाट दमौली आउँदै गरेको प्रदेश ३–०२–००१ प।६०३५ नं को मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ६ ख ८४१० नं को बसले पृथ्वी राजमार्गमा ठक्कर दिँदा दुर्घटना भएको हो ।

मोटरसाइकलमा पछाडि सवार पोखरा महानगरपालिका–७ माझफाँट निवासी सिर्जना राउतको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि पोखरा मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको उहाँले बताउनुभयो । रासस

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस