२०७९ जेठ २, सोमवार

फेसबूकले ‘स्मार्टवाच’ बनाउँदै

फागुन ०२, २०७७  | ४७९ पटक पढिएको

०२ फागुन, काठमाडौं ।

विश्वभर स्मार्टवाचको लोकप्रियता बढेसँगै फेसबूक पनि प्रतिस्पर्धामा उत्रिने भएको छ । विभिन्न रिपोर्टकाअनुसार फेसबूकले एक स्मार्टवाच निर्माणका लागि काम गरिरहेको छ । जसले प्रयोगकर्तालाई आफ्ना सर्भिस (जस्तै ह्वाट्सएप, इन्स्टाग्राम, म्यासेन्जर) का माध्यमबाट सन्देश पठाउने सुविधा दिनेछ ।

साथै उक्त स्मार्टवाचमा हेल्थ र फिटनेस फिचर पनि हुने समाचार स‌ंस्था द भर्जले जनाएको छ । द भर्जका अनुसार फेसबूकले गोप्य रुपमा स्मार्टफोनमाथि काम गरिरहेको छ र सम्भवतः अर्को वर्ष यसको विक्रीसमेत थालिनेछ ।

स्मार्टवाच निर्माणसँगै फेसबूक हार्डवयर इकोसिस्टमको हिस्सा बन्ने भएको छ । यसमा पहिलेदेखि भर्चुअल रियालिटी हेडसेट, भिडियो कलिङ डिभाइस, स्मार्ट ग्लास समावेश छन् ।

यो स्मार्टवाचमा इन्टरनेट कनेक्सन हुने र सीधै ह्वाटसएप, म्यासेन्जर, इन्स्टाग्राममा कुरा गर्न सकिने सुविधा हुनसक्ने विभिन्न रिपोर्टहरुमा बताइएको छ । फेसबूकले स्मार्ट चश्मा निर्माणमा पनि काम गरिरहेको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस