घोराहीमा सेल्फ मेकअप तालिम सञ्चालन हुदैं

माघ २७, २०७७  | ५५७ पटक पढिएको

घोराही (दाङ) /

पोखरामा स्थापना भएको यूएससाइन नेपालले दाङको घोराहीमा सेल्फ मेकअप ५ दिने तालिम सञ्चालन गर्दैछ ।

यो सेल्फ मेकअप तालिमका लागि महिलाहरुको विशेष चासो र माग भएर देशका विभिन्न स्थान सँगै दाङको घोराहीमा पनि यहि फागुन १ गते देखी ५ गते सम्म तालिम सञ्चालनमा ल्याउन लागेको वताइएको छ ।


दुई जना निशा कार्की वाँनिया र रिनु गुरुङ मिलेर स्थापना गरेको यो संस्थाले तालिम लिएका दिदीवहिनीहरुको उत्साह देखेर झन हौसला मिलेको वताउदै देश वाहिर भारतको सिक्किम सम्म पनि तालिम लगेर जाने योजना वनाएको वाँनियाले वताइन ।

संस्थाका सञ्चालक निशा कार्की बाँनियाका अनुसार स्थापना भएको छोटो समयमै देशका एक दर्जन भन्दा वढि स्थानमा सेल्फ मेकअप तालिम दिइसकेको जानकारी दिइन ।

दाङको घोराहीमा सञ्चालन हुने सेल्फ मेकअप तालिमका लागि यहि फागुन १ गते देखि ५ गते सम्म भएकोले सम्पूर्ण दाङवासी दिदीवहिनीहरुलाई उपस्थित हुन समेत आग्रह गरिएको छ । तालिममा सहभागी हुन प्रतिव्यक्ति रु ३ हजार पाँच सय शूल्क तोकिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार