गजल


गजल

कपिलमणि
कहिले ढल्छ कहिले उभिन्छ जिन्दगी
थाहा छैन कतिबेला सकिन्छ जिन्दगी

भतभति पाेलेपछि कसैकाे समझनाले
अाँसु बनेर अाँखामा पाेखिन्छ जिन्दगी
रुख जस्तै बढेकाे छ हाँगाबिँगा फाल्दै
कहिले कहाँ ठाेकिन्छ,भाचिन्छ जिन्दगी
ठुलै अाधिहुरी अाउछ यहीँ बुझिराख्नु
जव दुई किनारा भई बाडिन्छ जिन्दगी
तब मात्रै जिन्दगीकाे महत्व थाहा हुन्छ
जब एक माथी अर्काे थपिन्छ जिन्दगी

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस