तुलसीपुर १३ मा ३ महिने सिलाई कटाई तालिम सुरु

७ बैशाख, तुलसीपुर (दाङ) / तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ को सहयोग तथा राप्ती बहिरा संघ, दाङको आयोजनामा वडा नं. १३ मा ३ महिने कटाई सिलाई तालिमको उद्घघाटन गरिएको छ ।

राप्ती बहिरा संघ दाङका अध्यक्ष अजय कुमार शर्माको सभापतित्व तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष डम्बरबहादुर न्यौपानेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमको उद्घघाटन गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले वडा नं. १३ मा रहेका पछाडि पारिएका वर्ग तथा विपन्न परिवार र सिपसिकी आत्मनिर्भर हुन चाहने व्यक्तिहरुलाई विभिन्न किसिमका सिपमुलक तथा आयआर्जनमुलक तालिम दिनु पर्ने बताए । उनले वडा नं. १३ लाई नमुना वडा बनाउन यस्ता कार्यक्रमहरु बर्सेनि सञ्चालन गर्दै धारणा व्यक्त गरे ।
राप्ती बहिरा संघ दाङका कार्यकारी निर्देशक प्रतिमा शर्माको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा वडा सदस्य विनोद पाण्डे, वडा सदस्य कमला केसी, प्रशिक्षक राधा सापकोटा, महिला विकास सामाजिक परिचालक नारायणी देवकोटा लगायतकाले आफ्नो मन्तव्य व्यक्त गरेका थिए, भने कार्यक्रमको सहजिकरण संस्थाका कार्यक्रम संयोजक देवा डाँगीले गरेका थिए ।


साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस