गायिका अन्जु पन्त विवाह गर्दै

माघ २३, २०७७  | ४१४ पटक पढिएको

२३ माघ काठमाडौं ।

चर्चित गायिका अञ्जु पन्तले दोस्रो विवाह गर्दै छिन् । पन्तले इलाम घर भएका थिर कोइरालासँग बिवाह गर्न लागेको छिन् । बिवाहबारे दुवैको परिवारमा कुराकानी भैरहे पनि मिति भने तय भएको छैन ।

दुबै केही समयदेखि प्रेम सम्बन्धमा थिए । थिर र अञ्जु दुबैले क्रिश्चियन धर्ममा आस्था राख्छन् ।

थिरसँगको एक अन्तरवार्ताको क्रममा अञ्जुको भेट भएको थियो । यसपछि, भने उनीहरु नजिक भएका थिए । थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द समेत कोरेका छन् ।

अञ्जुकी छोरी परितोशिका पन्तको दबाबका कारण बिहे गर्ने विषयमा सोचिरहेको बताएकी थिइन् ।

गायक मनोजसँग पहिलो विवाह गरेकी अन्जुको दाम्पत्य जीवन सफल भएको थिएन ।
एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग सम्बन्ध विच्छेद गरेर एकल जीवन बिताइरहेकी थिइन् ।

मनोजराजले सोही वर्ष विवाह गरे पनि अन्जु भने छोरीसँग बस्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार