२०७९ माघ २६, बिहीबार

के हो रतन्धो ? कारण, लक्षण र उपचार जानी राखौँ !

बैशाख ०६, २०७६  | २४९२ पटक पढिएको

रातको समयमा आँखा नदेख्नुलाई रतन्धो भनिन्छ । चिकित्सकीय भाषामा यसलाई नाइट ब्लाइन्डनेस भन्ने गरिन्छ । रतन्धो अहिले समस्याका रूपमा देखापरेको छ । रतन्धो सबै उमेरका मानिसमा देखापर्छ । त्यसमा पनि बच्चाहरू यसबाट बढी प्रभावित हुने गर्छन् । १० वर्षमुनिका बच्चाले रतन्धो भएको थाहा पाउँदैनन् । तसर्थ, विशेषगरी आमा तथा परिवारका अन्य सदस्यले बच्चाको व्यवहार हेरेर समयमै पत्ता लगाउन सक्नुपर्छ । समयमै उपचार नभएमा रतन्धोकै कारण ५–१० वर्षपछि अन्धोपन हुने सम्भावना रहन्छ ।

कारण
रतन्धो विभिन्न कारणले लाग्छ । जसमध्ये वंशाणुगत गुणका कारण धेरैजसोमा रतन्धोको समस्या
देखिने गर्छ ।
भिटामिनसँगै अन्य पोकणतत्वको
कमी भएमा ।
माइनस पावर भएका चस्मा लगाउनेलाई प्याथोलोजिकल म्योपिया समस्या हुन्छ । जसका कारण रेटिनामा असर पर्छ र रतन्धो हुन्छ ।

लक्षण
रातको समयमा आँखा नदेखिने र सामान्य हिँडडुल गर्नसमेत गाह्रो हुने अवस्था आउँदै गएमा रतन्धो भन्ने बुझ्नुपर्छ ।
बच्चा राति बाहिर निस्कन नमानेमा रतन्धो भएको शंका गर्न सकिन्छ ।
बच्चाको आँखामा साबुनको फिँजजस्तो केही देखिन्छ ।
बच्चाले बारम्बार आँखा माडिरहन्छन् ।
वयस्कलाई रातको समयमा ड्राइभिङ गर्न असहज हुन्छ ।

उपचार
गाजर, हरियो सागपात, फलफूल, दूध वा दूधजन्य भिटामिन एयुक्त खानेकुरा खाने गर्नुपर्छ ।
आँखामा समस्या आउनासाथ चिकित्सकसँग सल्लाह लिने ।
यदि, वंशाणुगत कारणले रतन्धो भएको हो भने अहिलेसम्म यसको उपचार पत्ता लागेको छैन ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस