२०७९ माघ १३, शुक्रबार

आठौँ राष्ट्रिय खेलकुद : “महिला फूटबलमा प्रदेश नं. २ र ३ विजयी”

बैशाख ०६, २०७६  | १२४९ पटक पढिएको

– लक्ष्मण  बस्नेत,
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहिबार भएको प्रदेश नं. २ महिला फुटवल टिमले दोश्रो जित निकालेको छ । दाङमा बुधवारदेखि शुरु भएको आठौ राष्ट्रिय महिला फुटवल प्रतियोगिता अन्तर्गत तेश्रो खेलमा प्रदेश नं. ५ लाई १ विरुद्ध ३ गोल गर्दै प्रदेश नं. २ विजयी भएको हो ।

घोराहीको भरतपुर खेलकुद मैदानमा भएको प्रतियोगितामा प्रदेश नं. २ को जितका लागि जर्सी नं. ११ कि रजनी ठोकरले, जर्सी नं. ५ कि सजनी ठोकर र जर्सी नं. ७ कि दिलकुमारी रानाले समान १/१ गोल गरिन् ।

प्रदेश नं. ५ कातर्फबाट जर्सी नं. १० कि खेलाडी ममता पुनले सान्त्वना १ गोल फर्काएकी थिइन ।

यस्तै, बिहिवार नै भएको दोश्रो खेलमा प्रदेश नं. ३ ले प्रदेश नं. ७ लाई हराएको छ ।

बेलझुण्डी रंगशालामा भएको खेलमा प्रदेश नं. ३ जर्सी नं. ७ कि खेलाडी मनिशा थापा मगरले खेलको पहिलो हाफ्को १४ औं र दोश्रो हाफ्को अन्त्यमा पेनाल्टी अवसरलाई सदुपयोग गर्दै दोश्रो गोल गरिन् । प्रतियोगिता अन्तर्गत आज नेपाल प्रहरी र प्रदेश नं. ५ त्यस्तै प्रदेश नं. २ र ३ बिच खेल हुनेछ ।

११ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र ३ विभागीय टोली गरि दश वटा महिला फुटबल टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गतका दाङ र कपिलवस्तुमा लिग अन्तर्गतका खेलहरु भईरहेका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस