२०७९ माघ २४, मंगलबार

२५ बर्षीया महिलाले जन्माइन एकै पटक सात सन्तान

फागुन ०५, २०७५  | १३४९ पटक पढिएको

एजेन्सी । इराकको दियाली शहरकी एक महिलाले एकै पटक सात सन्तानको जन्म दिएकी छन् । २५ बर्षीया ति महिलाले प्राकृतिक रुपमा (शल्यक्रिया नगरी) ती सन्तान जन्माएकी हुन् । उनले एकैपटक जन्माएका सन्तानमा छ छोरी र एक छोरा छन् ।

डेली मेलका अनुसार स्थानीय अस्पतालमा जन्मेका ति सबै शिशु र आमाको स्वास्थ्य अवस्था राम्रो छ । सरकारी अधिकारीका अनुसार कुनै पनि महिलाले एकै बेतमा ७ बच्चा जन्माएको इराकमा यो पहिलो घटना हो ।

यसअघि सन् १९९७ मा अमेरिकामा एकजना महिलाले ७ जना बच्चा जन्माएकी थिइन् । तर उनले बच्चा जन्माउँदा शल्यक्रिया गर्नुपरेको थियो ।

त्यो घटनापछि तत्कालीन अमेरिकी राष्ट्रपति विल क्लिन्टनले उक्त दम्पत्तिलाई भेट गरी बधाइ दिएका थिए । साथै उक्त दम्पत्तिलाई घर तथा अन्य आर्थिक सहयोग गर्नुका साथै सबै बच्चालाई पढ्नका लागि छात्रवृत्तिसमेत प्रदान गरेका थिए ।

त्यस्तै सन् २०१३ मा लेबनानमा एकजना महिलाले ६ जना बच्चा जन्माएकी थिइन् । जसमा ३ छोरा र ३ छोरी थिए ।

अहिले ७ जना बच्चा जन्माउने इराकी महिलाको नाम तथा पहिचान नखुलाइएको भए पनि उनका पतिको नाम भने युसुफ फदल रहेको बताइएको छ ।  यसअघि नै तीन सन्तान जन्माएका फदल दम्पतीले अब आफूमाथि कूल १० जनाको जिम्मेवारी आएको बताएका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस