सोनापुर मिनरल्सले आईपिओ निष्काशन गर्ने,बोलायो साधारणसभा

माघ ०१, २०७७  | २८२ पटक पढिएको

१ गते, बिजौरी ।


सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आफ्नो तोह्रैँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।
कम्पनीले प्रिमियममा आईपिओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित माघ २२ गते सभा बोलाएको हो ।

उक्त सभा कम्पनीको बत्तीसपुतली स्थित आफ्नै कार्यालयमा बस्ने बताइएको छ ।
सभामा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने जस्ता विषयमा छलफल हुनेछ ।

त्यस्तै, कम्पनीले उक्त सभामा प्रिमियममा आईपिओ निष्काशन गर्ने र त्यसको लागि प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने जनाएको छ ।

यस कम्पनीले नेपालमा सबै भन्दा धेरै सिमेन्ट उत्पादन गर्दै आएको छ । पश्चिम नेपालको दाङको दुधरासमा उक्त कम्पनीले सिमेन्ट उत्पादन गर्दै आएको छ । भने पछिल्लो चरणमा उक्त कम्पनिले उच्च गुणस्तरको किलिंकर पनि उत्पादन गर्दे आएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार