२०७९ माघ १३, शुक्रबार

चट्याङबाट बच्न यी जुक्ति अपनाउनुहोस् !

बैशाख ०४, २०७६  | ११६८ पटक पढिएको
– चट्याङ परेको समयमा अग्ला स्थान, टावर र ठूला रुखमुनि ओत लाग्नु हुँदैन । प्रायः जमिन र बादलको दूरी कम भइरहने पहाडी भूभागमा बढी चट्याङ पर्ने सम्भावना रहेकाले पानी परेका वेला यस्तो ठाउँमा बस्नुहुँदैन ।
– दिउँसो ३ देखि ४ बजेसम्मको समयमाचट्याङ पर्ने सम्भावना बढी हुन्छ । तसर्थ, चट्याङ पर्ने संकेत देखिएका बेला घरमै बस्न उचित हुन्छ ।
– चट्याङप्रतिरोधी घर बनाउनुपर्छ । घरमाथि तामाको रड राखेर घरमुनि माटोमा जिआई पाता गाडेमा चट्याङको जोखिम हुँदैन ।
– चट्याङ परेको वेला विद्युतीय सामग्री र तारजडित टेलिफोन प्रयोग गर्नु हुँदैन । साथै, यो वेला धातुको तारबारनजिक बस्नु हुँदैन ।
– चट्याङ पर्ने अवस्था देखिएमा खुला ठाउँमा तथा छत नभएको सवारीसाधनमा भएमा सुरक्षित ठाउँमा जानुपर्छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस