२०७९ माघ १३, शुक्रबार

हात्तीपाईले रोग निवारण सम्बन्धि अभिमूखीकरण

फागुन ०५, २०७५  | १६४१ पटक पढिएको

दिप्तीशिखा चौधरी, दङ्गिशरण,५
राष्ट्रिय हात्तीपाईले रोग निवारण सम्बन्धि अभिमूखीकरण कार्यक्रम आज दङ्गिशरण गाउँ पालिकामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षता एंव उपाध्यक्ष पिमा कुमारी खड्काको प्रमूख आतीथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा श्रीगाउँ प्राथमिक स्वास्थ्य चौकिका डाक्टर अन्जन कुमार बस्नेतले हात्तीपाईले रोग भनेको के हो ?, यो रोग कसरी लाग्छ ? ,यस रोगको लक्षण तथा चिन्ह, परिक्षण, उपचार तथा रोकथाम बिधी,यस रोगको परिक्षण कसरी गर्ने,उमेर तौल अनुशार औषधिको सेवन कसरी गर्ने,२ बर्ष उमेर नपुगेका बालबालीका,गर्भवती र ७ दिन सम्मका सुत्केरी आमाहरुले औषधि सेवन नगर्ने र ७० बर्ष भन्दा माथिका बृद्ध बृद्धाहरु दिर्घ रोग नलागेको यकिन गरेर मात्र औषधि सेवन गर्नुपर्ने,यस रोगको परजिवीको जिवन चक्र,लामखुटटेमा हुने चक्रको भागका बारेमा जानकारी गराइएको थियो ।

सो अवसरमा यहि फाल्गुन १५ गते देखि शुरु हुने हात्तीपाईले खोप अभियानलाई सफल पार्न स्वास्थ्य चौकी हेकुलीले रावतगाउँ,मिरौली,सलौरा,खलुवाचिस,सुकदेवा र हेकुली स्वास्थ्य चौकिमा औषधि खुवाउँने र घरदैलो कार्यक्रम गर्नेगरी योजना प्रस्तुत गरेको थियो । स्वास्थ्य चौकि गोल्टाकुरीले फुर्केसल्ली ठाँटि स्कुलमा फाल्गुन , १५, १६ र १७ गते, वडा न. १ को वडा कार्यालयको चौतारीमा, स्वास्थ्य चौकि गोल्टाकुरीमा,सरुवा डाडाँ हेल्थहठमा,वडा न.२ को वडा कार्यालयमा, बंगालपूर अर्जुन पसलमा, १५ र १६ गते हात्तीपाईले बिरुद्धको औषधि खुवाउने र १७,१८,१९,२० र २१ गते घरदैलो कार्यक्रम गर्ने गरी योजना प्रश्तुत गरेको थियो । प्राथमिक स्वास्थ्य चौकि श्रीगाउँले ७ वटै वडालाई समेटेर १५ गते साविक वडा न.१,२ र ३ मा प्रत्यक वडामा कम्तीमा २ वटा केन्द्र स्थापना गर्ने तथा घरदैलो कार्यक्रम गर्ने,१६ गते साविक वडा न. ४ र ५ मा ३–३ वटा केन्द्र स्थापना गर्ने तथा घरदैलो गर्ने, १७ गते वडा न. ६ र७ मा २ देखि ३ वटा केन्द्र स्थापना गर्ने र घैरदैलो गर्ने तथा हात्तीपाईले बिरुद्धको अभियानमा प्रत्येक वडाका स्वास्थ्य स्वयमसेविका, जनप्रतिनिधी र स्वाथ्यकर्मीलाई परिचालन गर्ने गरी योजना प्रस्तुत गरेको थियो ।

 

कार्यक्रममा वडा न. १ अध्यक्ष श्री प्रशाद चौधरी, २ का अध्यक्ष्य तुल्सीराम देवकोटा, ६ का अध्यक्ष टंक बहादुर वली ७ का वडा अध्यक्ष विर बहादुर वली, हेकुली हेल्थपोष्टका ईन्चार्ज टेक बहादुर खत्री, स्वास्थ्यकर्मी दिपक ओली, प्रदिप ओली लगाएतको सहभागिता रहेको थियो ।
नेव बहादुर के.सी को स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण स्वास्थ्य शाखा प्रमूख बिष्णु क्षेत्रीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस