याङ्शुको ‘मुनामदन २’ गीत सार्वजनिक (भिडियो सहित)

पुष २०, २०७७  | ६१९ पटक पढिएको

२० पुस, बिजौरी ।

बहुमुखी प्रतिभाकी धनि दाङकी याङ्शु श्रेष्ठद्वारा अभिनित ‘मुनामदन २’ नामक गीत सार्वजनिक भएको छ ।

वाल्यकालदेखि नै गीत संगित तथा मोडलिङमा रुची राख्दै आएकी याङ्सुले यसअघि पनि थुप्रै गीतहरुमा मोडिलिङ गरिसकेकी छिन् ।

एकपछि अर्को सफलता हाँसिल गर्दैआएकी असाधारण प्रतिभाकी धनि श्रेष्ठले ‘मुनामदन २’ गीतमा अत्यन्तै सुन्दर अभिनय गरेकीछन् ।

यसअघि अभिनय गरेका म्युजिक भिडियोभन्दा ‘मुनामदन २’ म्युजिक भिडियोले दर्शकको साथसँगै उनलाई अझै धेरै उचाईमा पुर्याउने छ भन्नेमा उनी पूर्ण विश्वस्त छिन् ।

आमा रोएल कल्पनाको प्रेरणा एवम् सँगै अभिनय कलालाई अघि बढाई रहेकी याङशु श्रेष्ठद्वारा अभिनित मुनामदन २ गीतमा जनक विवस न्यौपाने र रचना रिमालको स्वर रहेको उक्त मुनामदन २ म्यूजिक भिडियो भव्य कार्यक्रमका साथ युट्युवमा सार्वजनिक भएको छ ।

मनोज कार्कीको निर्माण तथा जनक सिँहको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोमा याङ्शु श्रेष्ठ र आकाश श्रेष्ठले अभिनय गरेका छन् ।

याङशु श्रेष्ठले यसअघि थुप्रै म्युजिक भिडियो तथा चलचित्र नाई नभन्नु भन्नु ४ मा आफ्नो अभिनय क्षमता प्रदर्शन गरिसकेकी छिन् भने सिँगापुर जस्तो देशमा भएको ट्यालेन्ट शो मा सबैलाई उछिन्दै ट्यालेन्ट शो जितेकी याङ्शुको प्रतिभालाई देखेर चलचित्र आँधितुफान युनिटले उनलाई उक्त चलचित्रको नायिकामा अनुबन्ध समेत गरि सकेको छ । (भिडियो)

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार