२०७९ माघ २१, शनिबार

ने.वि.संघले स्थापना दिवसमा रक्तदान कार्यक्रम गर्ने

बैशाख ०४, २०७६  | ९६८ पटक पढिएको

४ बैशाख, तुलसीपुर (दाङ) / नेपाल विद्यार्थी संघ तुलसीपुर उपमहानगरपालिकाले आफ्नो ४९ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको छ । नेविसंघ तुलसीपुर उपमहानगरका सयोजक राजिव पाण्डेको अध्यक्षतामा बुधबार बसेको बैठकले आफ्नो ४९ औँ स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको हो ।

उक्त कार्यक्रम नेपाली काँग्रेसको क्षेत्रिय पार्टी कार्यालय तुलसीपूरमा बैशाख ६ गते शुक्रबार ११ बजे हुनेछ । रक्तदान कार्यक्रममा नेपाली काँग्रेसका नेतागण, भातृ संग़ठन, ने.वि.संघका नेतागणहरु, तरुण दलका नेता लगायत सम्पूर्ण भातृसंघ संगठनहरुलाई नगर संयोजक पाण्डेले उपस्थितिका लागि अनुरोध गरेका छन् ।

साथै उक्त कार्यक्रममा रक्तदान गर्न चाहने व्यक्तिले संयोजक पाण्डेको मोवाइल नम्बर ९८६८६६३३३३ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस